Prakash Adhikari April 18, 2019

 

काठमाडौं, ५ बैशाख । आगामी शनिवारदेखि थाइल्याण्डको चियाड.माईमा हुने एसीसी अन्डर १६ पूर्वी क्षेत्र प्रतियोगितामा खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

नेपाली टोली बिहिबार दिउसो ३ बजे थाईल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

१४ सदस्यीय नेपाली टोलीको कप्तानी बिशालबिक्रम केसीले गर्नेछन्।

Image result for Nepal U-16 cricket Team

नेपालले बिशालबिक्रम केसीको नेतृत्वमा आइस भट्टराई, प्रशान्त महत, अर्जुन कुमाल, दीपक बोहरा, सुबास ऐयर, निखिलकुमार सिंह, बिशालकुमार पटेल, क्रिश कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रशान्त सिंह र सुशान्त थापा सहित अतिरिक्त खेलाडीको रुपमा अभिषेक गौतम, परशुराम यादभ, अरबाज अन्सारी, विवेक दरासीलाई मैदानमा उतार्ने छ ।

नेपाली टीमका प्रशिक्षक बसन्त शाही, म्यानेजर सुदी शर्मा र फिजियो दिनेश भट्ट पनि टीमको साथमा रहनेछन् ।

नेपाली किशोर टीमको प्रशिक्षक रहेका पूर्व क्रिकेट खेलाडी बसन्त शाहीले सन् २०१४ मा पनि नेपाली अन्डर १६ टीमको प्रशिक्षण सम्हालेका थिए ।

सन् २०१७ मा थाईल्याण्डमा आयोजित एसीसी अन्डर १६ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि नेपालले जितेका थियो ।

सो खेलमा फाइनलमा सिंगापुरलाई पराजित गरेको थियो।

सन् २०१७ को एसीसी अन्डर १६ पूर्वी क्षेत्र प्रतियोगितामा नेपाली टिममा रहेका बिशाल बिक्रम केसी र सुबास ऐयर यो पटक पनि प्रतियोगिता खेल्न छनौट भएका छन्।

बिशालनै अघिलो पटक पनि नेपाली अन्ड १६ टिमको कप्तान थिए।

सुबास ऐरले धनगढी प्रिमियर लिगको पछिल्लो सिजन बिराटनगर किंग्सबाट खेलेका थिए।

गत महिना चैतमा आयोजित अन्डर १६ क्रिकेट लिग प्रतियोगिताको प्रदर्शनको आधारमा नेपाली टीम चयन गरिएको बताइएको छ ।

उक्त प्रतियोगिताको उपाधि प्रदेश ३ ले जितेको थियो । खेलमा विशालबिक्रम केसी उत्कृष्ट खेलाडी चुनिएका थिए भने आइस भट्टराई उत्कृष्ट ब्याट्सम्यान तथा रमेश कुर्मी उत्कृष्ट बलर चुनिएका थिए। अर्जुन कुमाल इमर्जिंग प्लेयर चुनिएका थिए।

नेपाली टीम यसपटक पनि विगतको इतिहास दोहोर्याएर उपाधि जित्नेमा विश्वस्त रहेको छ ।

अप्रिल २० देखि २८ तारिकसम्म चियाड.माई थाईल्याण्डमा आयोजना हुने प्रतियोगितामा नेपाल सहित थाईल्याण्ड, मलेसिया, म्यानमार, सिंगापुर, हंगकंग , चीन र भुटान सहभागी हुँदैछन् ।

खेल प्रतियोगिता ३५ ओभरको हुनेछ।

सहभागी ८ टिमलाई २ समूहमा बिभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा थाईल्याण्ड, मलेसिया र म्यानमार रहेका छन्। समूह ‘बि’ मा सिंगापुर, हंगकंग , चीन र भुटान रहेका छन्।

समुह चरणमा एक । अर्काबिरुद्ध १ । १ खेलीसकेपछि समूहको शीर्षका दुई दुई टीम सेमिफाइनल प्रवेश गर्नेछ।

प्रतियोगितामा नेपालले पहिलो खेल अप्रिल २० शनिवार म्यानमारसंग खेल्नेछ। दोश्रो खेल २४ अप्रिलमा मलेसियासंग तथा तेश्रो खेल अप्रिल २५ मा थाईल्याण्डसंग खेल्नेछ।

अप्रिल २७ मा २ वटा सेमीफाइनल तथा २८ मा फाइनल खेल हुनेछ ।

Share Now

Leave a comment.