क्वाललम्पुर(मलेशिया), ५ बैशाख । आईसीसी यु १९ वल्र्ड कपको एशिया छनौट अन्तरगत आज नेपाल कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
टस जितेर फिल्डि. रोेजेको नेपाललाई कुवेतले १ सय ५८ रनको चुनौति पस्केको छ । कुवेतले निर्धारित ५० ओभरको खेलमा अन्तिम ओभरको चौथो बलसम्म खेलेर १ सय ५७ रन जुटायो ।
कुवेतलाई १ सय ५७ रनमा रोक्ने क्रममा नेपालका कप्तान रोहितकुमार पौडेलले ३, कुशल मल्ल,सूर्य तामाड. र रसिद खानले समान २ । २ विकेट लिए ।
यो कुवेतको खेलको स्तरमा आएको गुणात्मक परिवर्तनको रुपमा पनि लिन सकिन्छ र नेपालका बलरहरुले रोक्न नसकेको रुपमा पनि लिन सकिन्छ ।
कुवेत र युएईको खेलमा कुवेतले जम्मा ५६ रन जोडेको थियो । र युएईले आठौ ओभरमा ३ विकेटको क्षतिमा ५७ रनका ेलक्ष्य हासिल गरेको थियो ।
अहिले ओमान र युएईबीच पनि खेल भैरहेको छ । ओमान र युएईबीचको खेलमा ओमानले टस जितेर ब्याटिड. रोज्यो र ५० ओभरको निर्धारित खेलमा १ सय ५ रनको लक्ष्य पूरा गरेको जोड्यो ।
ओमानलाई ४३.३ ओभरमा अलआउट गर्न युएईका अर्यान लक्रा र आर मुखर्जीले ३। ३ विकेट लिए भने केपी मैयाप्पन र अकाश ताहिरले २ । २ विकेट लिए ।
नेपाल र ओमानको खेलमा नेपालले ब्याटिड. गदै २ सय २९ रन बनाएको थियो भने २ सय ३० रनको लक्ष्य लिएको ओमानलाई ४४.१ ओभरसम्म खेल्दा ७९ रनमा सीमित गरी अलआउट गरेको थियो ।
ICC Asia Under-19s World Cup Qualifier
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| UAE19 | 4 | 4 | 0 | 8 | 1.827 |
| NEP19 | 4 | 3 | 1 | 6 | 3.095 |
| Kuw19 | 4 | 3 | 1 | 6 | 0.62 |
| Omn19 | 4 | 1 | 3 | 2 | -1.559 |
| SIN19 | 4 | 1 | 3 | 2 | -2.544 |
| MAL19 | 4 | 0 | 4 | 0 | -1.653 |
आजको खेलको पहिलो इनिड.को नतिजा हेर्दा कुनै चमत्कार भएर ओमानले युएईलाई जितेमा बाहेक नेपालको विश्वकप खेल्ने सपनामा युएई नै तगारो हुने निश्चित देखिएको छ ।
युएईसंगको खेलमा भएको बर्षा ने नेपालका लागि दुर्भाग्य भयो ।
सिंगापुर र मलेशियाबीच भैरहेको खेलमा पनि सिंगापुरले टस जितेर ब्याटिड. रोज्यो । उसले ४८.१ ओभरमा १ सय ४१ रन बनाएको छ ।


















