Prakash Adhikari April 20, 2019

काबुल(अफगानिस्तान),७ बैशाख(बीबीसी) । अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेको एक अफगान अधिकारीले बताएका छन्।

त्यहाँ विस्फोटन भएको र गोली चलेको सुनिएको छ।

मन्त्रालययका प्रवक्ता नस्रत रहिमीका अनुसार स्थानीय समयानुसार बिहान ११:४० बजे विस्फोटन भएको सुनिएको थियो।

सशस्त्र आक्रमणकारीहरू र अफगान सुरक्षाकर्मीहरूबीच गोली हानाहान भएको उनले बताए।

काबुल
घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन।

सो आक्रमण राष्ट्रपति निवास र ख्यातिप्राप्त होटलहरू भएको एउटा व्यस्त स्थाननजिकै भएको हो।

तालिबान र अफगान सरकारका प्रतिनिधिहरूबीच वार्ता विफल भएको एक दिनपछि यो घटना भएको हो।

Share Now

Leave a comment.