नयाँदिल्ली(भारत), ७ बैशाख । भारतीय घरेलु क्रिकेटको सबैभन्दा चर्चित लिग इण्डियन प्रिमियर लिग(आईपीएल)को १२ औ संस्करणको ३७ औं खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई पनि उनी आबद्ध दिल्ली क्यापिटल्सले मैदानमा उतारेको छ ।
किंग्स् इलाभेन पञ्जाबसंग शुरु हुने खेलमा दिल्लीले सन्दीपलाई मैदानमा उतारेको हो ।
Delhi Capitals: Shaw, Dhawan, Iyer, Pant, Ingram, Rutherford, Axar, Mishra, Rabada, Ishant, Lamichhane
Kings XI Punjab: KL Rahul, C Gayle, M Agarwal, D Miller, M Singh, S Curran, R Ashwin, H Brar, H Viljoen, M Ashwin, M Shami
दिल्ली क्यापिटल्सको घरेलु मैदान फिरोज शाँ कोट्ला क्रिकेट मैदानमा भर्खर भएको टसमा दिल्लीले जितेर फिल्डिड. रोजेका छ ।
यसको अर्थ दिल्लीले पहिले बलिड. गर्दैछ र सन्दीपको खेल शुरुमा नै हेर्न पाइने छ ।
उनलाई यस अगाडिका ५ खेलमा मौका दिइएको थिएन ।
बीचका ५ खेलमा विश्राम पाए पनि टीममा बसेर निरन्तर अभ्यास गरिरहेका सन्दीपको खेल तिखारिएको अनुभव पनि गरिएको छ ।
यस अगाडि उनले ४ खेलबाट ५ विकेट लिइसकेका छन् ।