Prakash Adhikari April 20, 2019

जयपुर(राजस्थान), ७ बैशाख । इन्डियन प्रिमियर लिग अन्तर्गत ३६ औं खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ ।

सवाई मान सिंह स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार गरको थियो।

१ सय ६२ रनको लक्ष्य पाएको राजस्थानले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य हासिल गर्यो।

राजस्थानको लागि अजिंके राहनेलाई प्रतिस्थापन गर्दै कप्तान बनेका स्टिभ स्मिथले अविजित ५९ रन बनाए । प्रयागले ४३ रन र ओपनर सन्जु स्यामसनले ३५ रन रन बनाए।

राजस्थानलाई रोक्न मुम्बईका बलर राहुल चाहरले ३ र जस्प्रित बुम्राहले १ विकेट लिए ।

मुम्बईको ब्याटिंग

सवाईमान सिंह स्टेडियममा टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६१ रनको योगफल तयार गरको थियो।

ओपनर क्विन्टन डी ककले मुम्बईको लागि सर्वाधिक ६५ रन, सूर्यकुमार यादबले ३४ रहार्दिक पान्ड्याले २३ रन बनाए।

कप्तान रोहित शर्मा पहिलो विकेटको रुपमा ५ रन बनाएर आउट भए पछि डीकक र सूर्यकुमार यादबले दोश्रो विकेटको लागि ९७ रनको साझेदारी गरे।

मुम्बईलाई रोक्ने क्रममा राजस्थानका बलर श्रेयस गोपालले २ विकेट तथा स्टुवार्ट बिनिजोफ्रा आर्चर, जयदेब उनदकतले १ । १ विकेट लिए।

नौ खेल खेल्दा लिगमा राजस्थानको यो तेश्रो जित हो। जितपछि राजस्थान सातौँ स्थानमा यथावत छ भने मुम्बई १० खेलमा ६ जित र ४ हार सहित मुम्बई दोश्रो स्थानमा यथावत नै छ।

Share Now

Leave a comment.