Prakash Adhikari April 20, 2019

नयाँदिल्ली(भारत), ७ बैशाख । भारतको चर्चित घरेलु क्रिकेट लिग मानिएको इन्डियन प्रिमियर लिग(आईपीएल)को ३७ औं खेलमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले किंग्स् इलाभेन पञ्जाबलाई ५ विकेटले पराजित गरेको छ ।

आजको खेलमा नेपाली क्रिकेट स्टार सन्दीपले  ३ विकेट लिएका छन ।

शनिवार राति दिल्लीको फिरोज शाँ कोट्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिड. रोजेको दिल्लीलाई किंग्स् इलाभेन पञ्जाबले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

निर्धारित २० ओभरको खेलमा दिल्लीले सो लक्ष्य ५ विकेटको क्षतिमा २ बल बाँकी रहदै १ सय ६६ रन जुटाएर हासिल गर्यो।

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले ५८, शिखर धवनले ५६,कोलिन इन्ग्रामले १९,पृथ्वी शाँले १९, ऋषभ पन्तले ६, रदरफोर्डले २ र अक्षर पटेलले १ रन जोडे ।

दिल्लीलाई रोक्ने क्रममा जीसी भिल्जोइनले २ र मोहम्मद शामीले १ विकेट लिए । दुई विकेट रन आउटबाट झर्यो ।

पञ्जावविरुद्ध सन्दीपको शानदार बलिड.

टस हारेर ब्याटिड.को निम्तो पाएको पञ्जाबले निर्धारित २ण् ओभरको खेलमा १ सय ६३ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस ग्रेलले ६९, मन्दीप सिंहले ३०, हरप्रित ब्रारले २०, क्याप्टेन आर आश्विनले १६, केएल राहुलले १२, डेभिड मिलरले ७, जिसी भिल्जोइन र एमए अग्रवालले २ । २ रनको योगफल तयार पारे ।

पञ्जाबलाई रोक्ने क्रममा दिल्लीका सन्दीप लामिछानेले ३ तथा कागिसो रावडा र अक्षर पटेलले २ ।२ विकेट लिए ।

दिल्लीसंग आबद्ध भएका नेपाली क्रिकेट स्टार सन्दीपलाई दिल्लीले केही खेलमा विश्राम दिएपछि आज मैदानमा उतारेको हो । आजको खेलमा सन्दीपले ४ओभरमा ३ विकेट लिएका छन । उनले ४० रन बनाउन दिए पनि उनले केएल राहुल क्रिश गेल र साम कुरान जस्ता पहिलो दर्जाका ब्याट्सम्यानहरुको विकेट लिएर टीमलाई जोगाए ।

दोस्रो ओभरमा पहिलो स्पेल बलिड. गर्न आएका सन्दीप पहिलो बलमा नै केएल राहुलबाट छक्का खाए । त्यसपछि डट बल फालेका उनले तेस्रो बलमा चौका खाए । चौथो बलमा के एल पञ्जाबका ओपनर ब्याट्सम्यान केएलराहुललाई १२ रनमा पेभेलियनको बाटो देखाए । त्यसपछि उनले बाँकि दुई बलमा एक रन मात्र दिए ।

आफ्नो पहिलो ओभरमा ११ रन दिएका सन्दीपले दोस्रो ओभरमा १६ रन दिए । उनको ओभरमा क्रिस गेलले चार चौका प्रहार गरे ।

टिमको १३ औं तथा ब्यक्तिगत तेस्रो ओभरमा सन्दीपले ६ रन दिएर दुई विकेट लिए । पहिलो बलमा उनलाई क्रिस गेलले छक्का प्रहार गरे । तर दोस्रो बलमा सन्दीपले गेललाई मैदानबाहिर पठाए । छक्का प्रहार गर्न खोजेका गेल ६९ रनमा क्याच आउट भए । त्यसपछि सन्दीपले साम कुरानलाई खाता खोल्न नपाउँदै आउट गरे ।

त्यसपछि आफ्ना अन्तिम ओभरमा पनि सन्दिपले एउटा अर्को विकेट लिने मौका सिर्जना गरेका थिए । मन्दिपसिंहले प्रहार गरेको बललाई कागिसो रावाडाले ड्रप गरे । सो ओभरमा सन्दीपले मात्र सात रन खर्चिए ।

खेलपछि कमेन्टेटरलाई प्रतिक्रिया दिदा सन्दीपले आफूले क्रिस गेललाई पहिल्यै बाहिर पठाउन चाहेको तर मैदानमा परेको शीतले बल ओसिलो भएको र ग्रेलले जुन बलमा प्रहार गर्यो त्यो तिलस्मी जस्तो भएर सुनौला बलमा परिणत हुन गएर केही महंगो पर्न गएको बताएका थिए ।

Share Now

Leave a comment.