Prakash Adhikari May 7, 2019

चेन्नई(भारत),२४ बैशाख । भारतको चर्चित घरेलु लिग आईपीएलको जारी १२ औं संस्करणमा मुम्बई इण्डियन फाइनलमा पुगेको छ ।

मंगलबार भएको क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै उसले फाइनलको यात्रा तय गरेको हो ।

चेन्नईमा भएको खेलमा चेन्नई सुपर किंग्सले दिएको १ सय ३२ रनको लक्ष्य उसले ४ विकेटको क्षतिमा १९ बल बाकी रहदा पूरा गरेको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले ७१, इशान कृष्णले २८, हार्दिक पाण्डेय १३, क्वीन्टन डे कक ८ र कप्तान रोहित शर्माले ४ रन बनाए ।

मुम्बईलाई रोक्ने क्रममा इमरान ताहिरले २ र हरभजन सिंह तथा दीपक चहारले १ /१ विकेट लिए ।

यस अगाडि ब्याटिड.मा उत्रिएको चेन्नई सुपर किंग्सले घरेलु मैदानमा निर्धाीरत २० ओभरमा ४ विकेट गुमाउदै १ सय ३१ रन जोडेको थियो ।

घरेलु मैदानमा टस जितेर ब्याटिङ रोजेको चेन्नईका लागि अम्बाती रायडूले ४२, कप्तान महेन्द्र सिंह धोनीले ३७ र मुरली विजयले २६ रन बनाए। त्यस्तै शेन वाट्शनले १०, फाफ डु प्लेसिसले ६ र सुरेश रैनाले ५ रन जोडेका थिए ।

चेन्नईलाई रोक्ने क्रममा मुम्बईका लागि २ विकेट राहुल चाहरले लिए भने कुणाल पाण्डेय र जयन्त यादवले समान १।१ विकेट लिएका थिए।

अब चेन्नईले दिल्ली क्यापिटल्स र सन राईजर्स हैदराबादबीच हुने खेलको विजेतासंग फाइनलको लागि अर्को खेलमा प्रतिस्पर्धा गर्नु पर्ने छ ।

मुम्बई इण्डियन्स आईपीएलका हालसम्मका १२ संस्करणमा फाइनलमा पुगेको यो पाँचौ पटक हो ।

Share Now

Leave a comment.