काठमाडौं, ३ जेठ । अफ्रिका महादेशबाट पहिलो पटक एक महिलाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर इतिहास रचेकी छन् ।
अफ्रिकी महिला सारान खुसी कुमाल बिहीबार बिहान सगरमाथाको शिखरमा पुग्न सफल भएकी हुन् ।
मौसममा आएको सुधारसँगै दर्जनौले विदेशी तथा नेपाली पर्वतारोहीले सगरमाथाको सफल आरोहण गर्ने क्रममा रहका छन् ।
आइरिस पर्वतारोही सेमुस ललेस बेपत्ता
यसैबीच सगरमाथा आधार शिविरबाट प्राप्त सूचना अनुसार सगरमाथा आरोहण गरि फर्कने क्रममा आइरिस पर्वतारोही सेमुस ललेस बेपत्ता भएका छन् ।
ललेस बिहिबार बिहानीपख चुचुरोमा पुगेर फर्कँदै थिए । ललेससगै गएका अन्य सात पर्वतारोही भने चौथो शिविरमा फर्केपनि ललेस भने नपुगेको सेभेन समिट टे«कले जनाएको छ ।
उनी फर्कने क्रममा ८ हजार ३ सय मिटरबाट बेपत्ता भएको सेभेन समिट प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले दूरबिन नेपाललाई बताए । लेलस आयरल्यान्ड स्थित ट्रिनिटि कलेजका प्राध्यापक हुन ।