क्यानबेरा(अष्ट्रेलिया),५ जेठ (बीबीसी) । अष्ट्रेलियाको प्रधानमन्त्रीमा फेरि पनि स्कट मोरिसन निर्वाचित हुने लगभग पक्का भएको छ ।
७० प्रतिशत मत गणना सकिँदा स्कट मोरिसनको गठबन्धन जितको संघारमा पुगेको । बहुमतका लागि ७६ सिट आवश्यक पर्दछ । मोरिसन अझै ७४ सिटमा अगाडि छन् । यसैगरी लेबर पार्टी ६६ सिटमा अगाडि छ ।
अष्ट्रेलियामा आम चुनावका लागि शनिबार मतदान भएको थियो । १.६४ करोड मतदाताले आफ्नो नेता चुन्न भोट हालेका थिए ।
मत सर्वेक्षणहरुमा लिबरल(नेशनल गठबन्धनले बहुमत ल्याउने नतिजाहरु सार्वजनिक भएको बेलामा आएको मतदाताको यो जनादेशलाई मोरिसनको अप्रत्यासित जित मानिएको छ ।
विगतमा गरिएका मत सर्वेक्षणम मोरिसनको गठबन्धन शोर्टेनको लेबर पार्टीभन्दा पछाडि थियो । त्यसैले यस पटक लेबर पार्टीले नै सरकार बनाउने अनुमान धेरैको थियो ।
सिड्नीस्थित बीबीसी सम्वाददाता भन्छन् । मैले यस्तो एउटा व्यक्तिको खोजी गरिरहेको छु, जसले यस्तो परिणाम आउने विश्वास थियो भनोस् । तर, मैले त्यस्तो व्यक्ति एक जना पनि पाएको छैन ।
स्वयम् मोरिसनलाई पनि यस्तो नतिजा आउला भन्ने संसय थियो । आफ्नो जित सुनिश्चित भएपछि उनले मतदातालाई सम्बोधन गर्दै भनेका छन्, मलाई सधैं चमत्कारमा विश्वास थियो ।
यसैगरी लेबर पार्टीका नेता शोर्टेनले आफ्ना मतदातालाई सम्बोधन गर्दै भनेका छन्, लेबर पार्टी आगामी सरकार बनाउन सफल भएन ।
शोर्टेनले मोरिसनलाई फोन गरेर बधाई दिएका छन् ।उनले अब आफू पार्टीको नेताको रुपमा चुनाव नलड्ने जानकारी पनि दिएका छन् ।


















