Prakash Adhikari May 19, 2019

 

गजुरी(धादिड.) । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङको गजुरीमा सडकबाट त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुको सहयोगमा उद्धारकार्य जारी छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Share Now

Leave a comment.