Prakash Adhikari May 20, 2019

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),६ जेठ। गैरआवासीय नेपाली संगठन(एनआरएनए) अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि भएको मतदानको नतिजा सार्वजनिक भएको छ ।

नतिजा अनुसार एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिलकुमार साह विजयी भएका हुनुभएको छ । उहाँले कुल खसेको ७ हजार ३ सय ५७ मतमा ३ हजार ७ सय ११ मत प्राप्त प्राप्त गर्नुभएको छ । अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सन्जाय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गरेका गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडे निर्वाचित हुनभएको छ । महासचिवमा पशुपति पाण्डे विजयी बन्नुभएको छ । क्षेत्रीय उपाध्यक्षहरुमा बिआर लामा, कृष्ण जीवी पन्त,सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी हुनुभएको छ ।

सचिवमा अमृत कटेल बिजयी बन्नुभयो भने कोषाध्यक्षमा नेत्र बन्धु पोखरेललाई मतदाताले विश्वास गरे । सहकोषाध्यक्षमा अमेरिकाबासी नेपालीले सन्तोष विष्टलाई जिताए भने महिला संयोजकको जिम्मेवारी दीक्षा बस्नेतको काँधमा आएको छ ।

आइसीसी सदस्यमा शंकर खड्का, तृष्णा शर्मा, जेदुनाथ पोख्रेल, शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाती बिजयी हुनुभएको छ ।
च्याप्टर अध्यक्षहरुमा क्यालिफोर्निया सुरेन्द्र मल्ल, कोलोराडो कुमारजंग कार्की, कनेक्टिकट हरिप्रसाद जोशी, आयोवा तारा मरहठ्ठा, इलिनोइस लालनकुमार देव, इन्डियाना भुपालप्रसाद भेटवाल, केंसस फिलिप के क्षत्री, केन्टुकी दिलुराम पराजुली, म्यासाचुसेट्स प्रेम तामांग, मेरिल्याण्ड डोलनाथ घिमिरे, नर्थ क्यारोलिना कुलानन्द शर्मा, न्यु ह्याम्प्शायर डम्बर कडारिया, न्युजर्सी सम्बरबहादुर बुढाथोकी, न्यु मेक्सिको सुशील कणेल, न्युयोर्क रामहरि अधिकारी, ओरेगन दयारत्न शाक्य, टेक्सास राजेश अर्याल, भर्जिनिया कृष्ण भण्डारी, वाशिंगटन गगन क्षत्री र विस्कनसिनमा टुकप्रसाद रेग्मी विजयी बन्नुभएको छ ।

Share Now

Leave a comment.