काठमाडौं, ९ जेठ । हालै सम्पन्न भारतको १७ औं लोकसभाको निर्वाचनको प्रारम्भिक रुझान आउन थालेको छ । प्राप्त जानकारी अनुसार मत गणनामा भारतीय जनता पार्टीको नेतृत्वमा भएको गठबन्धन एनडीए कांग्रेस नेतृत्वको गठबन्धनभन्दा निकै अगाडि देखिएको छ ।
सात चरणमा भएको भारतको १४ औं लोकसभाको निर्वाचनका मत आज बिहान ८ बजेदेखि गणना भैरहेको छ ।
बिहान ८ः५६ बजेसम्मको रुझान अनुसार एनडीएले १३६, यूपीएले ४६ र अन्य दलहरु ४३ सीटमा अगाडि देखिएका छन् ।
यसबेलासम्म अमेठीमा कांग्रेसका अध्यक्ष तथा उम्मेदवार राहुल गान्धी स्मृति इरानीभन्दा पछि पर्नुभएको छ ।


















