Prakash Adhikari May 23, 2019

काठमाडौैं ९ जेठ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज अपरान्ह प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी हालै सम्पन्न १७ औं लोकसभाको निर्वाचनमा पाएको प्रचण्ड बहुमतको लागि बधाई दिदैं उहाँलाई प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको सफलताको लागि शुभकामना पनि दिनुभएको छ ।

टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गर्नुभएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पनि हालै भएको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर भारतीय जनता पार्टीलाई विजयी बनाउनुका साथै आफू पनि ठूलो मतान्तरले विजयी बन्नुभएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिंदै प्रधानमन्त्रीको रुपमा उहाँको दोस्रो कार्यकार्य अझ बढी सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.