काठमाडौँ १३ जेठ (रासस) । कुशल राजनीतिज्ञ, शिक्षाप्रेमी एवं समाजसेवी श्रीकान्त अधिकारीले पुर्याउनुभएको योगदानका बारेमा आज यहाँ स्मरण गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानको संयुक्त आयोजनामा भएको सांस्कृतिक सङ्गोष्ठी कार्यक्रमका सहभागी वक्ताहरुले स्व अधिकारीलाई ज्ञान र विवेक भएको बहुमुखी प्रतिभाको धनीका रुपमा स्मरण गर्नुभयो ।
https://www.facebook.com/rks.adhikari/videos/10216609664846855/
कार्यक्रममा शताव्दीपुरुष सत्यमोहन जोशीले साहित्य र लोक सङ्गीत एकापसमा अन्तरसम्बन्धित विषयवस्तु रहेको भन्दै साहित्यको माध्यमबाट पनि लोकसंस्कृतिको जगेर्ना गर्न सकिन्छ भन्ने उदाहरण अधिकारीले दिनुभएको उल्लेख गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले शिक्षा क्षेत्रको विकासमा अधिकारीले पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो । “अधिकारीले भात खाने खेत बेचेर अङ्ग्रेजी र संस्कृत पढाइ हुने विद्यालय खोल्नुभयो”, उहाँले भन्नुभयो, “सामाजिक रुपान्तरणका लागि थुप्रै श्रीकान्त जन्मनु आवश्यक छ ।”
प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले स्वर्गीय अधिकारी दूरद्रष्टा अपाधि दिन योग्य व्यक्तिव्य रहनुभएको बताउनुभयो । दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानका अध्यक्ष तथा श्रीकान्तकी श्रीमती गायत्री अधिकारीले मानिस स्वर्गीय भए पनि उसले गरेका सत्कार्य र समाजप्रतिको योगदान सधैँ जीवन्त रहने बताउनुभयो ।
सो अवसरमा लोकार्पण गरिएको डा नारायणप्रसाद अधिकारीद्वारा लिखित ‘श्रीकान्त अधिकारी जीवनी, व्यक्तित्व र कवित्व’ नामक पुस्तकमाथि प्राडा राजाराम सुवेदी र डा जीवन अधिकारीले समीक्षा गर्नुभएको थियो ।
विभिन्न क्षेत्रमा योगदान पु¥याएबापत शताब्दी पुरुष जोशी, पुस्तकका लेखक अधिकारी, पूर्वसचिव नरकान्त अधिकारी, लमजुङकी सामाजिक अभियन्ता कन्याकाशी गुरुङलाई सम्मान गरिएको थियो ।