Prakash Adhikari June 8, 2019

कीर्तिपुर(काठमाडौं), २५ जेठ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट २०७६ को फाइनलमा नेपाली सेना र नेपाल प्रहरीको टीमबीच भिडन्त हुने भएको छ । शनिवार राजधानीको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेलले क्रिकेटमा दुई विभागीय टीमको क्षमताको निक्र्यौल गर्ने छ ।यसअघिको पहिलो संस्करणको खेलको फाइनलमा पुगेका आर्मी र पुलिसको खेलमा भने बर्षा बाधक बनेपछि दुबै टोलीलाई संयुक्त बिजेता घोषणा गरिएको थियो।

नेपाल प्रहरीको टीम समूह “बि” बाट समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । नेपाल पुलिसको टीमले यस अघि समूह चरणको खेलमा आर्मीलाई पराजित गरिसकेको छ। दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिएको सो खेलमा पुलिसले ५० रनको जित हात पारेको थियो।

समुह चरणमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले, प्रदेश १ लाई ७५ रनले, त्रिभुवन आर्मीलाई ५० रनले र प्रदेश २ लाई १५६ रनले पराजित गरेको थियो। यस्तै पहिलो सेमिफाइनल खेलमा एपीएफमाथि ५ विकेटको जित निकाल्दै नेपाल प्रहरीको टीम फाइनलमा पुगेको हो।

Raju Rijalनेपाली सेनाको त्रिभुवन क्लब भने समूह चरणमा ४ मध्ये ३ खेलमा जितेर सेमिफाइनल हुँदै फाइनल पुगेको हो । आर्मीले प्रदेश २ लाई १सय ७१ रन, प्रदेश १ लाई १ सय १३ रन र कर्णाली प्रदेशलाई १सय१७ रनले पराजित गर्दा पुलिस क्लबसंग भने ५० रनले पराजित भएको थियो। पहिलो सेमीफाइनल खेलमा आर्मीले प्रदेश ३ लाई १ सय १७ रनको अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

Share Now

Leave a comment.