Prakash Adhikari June 8, 2019

कीर्तिपुर(काठमाडौं), २५ गते । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मी ३३.३ ओभरमा १ सय २५ रनमा अलआउट भयो ।

उसका लागि राजु रिजालले ३२ र सोमपाल कामीले ३५ रन बनाउनु बाहेक अन्य खेलाडी खासै रन जोड्न सकेनन् । रोहित पौडेल १८ र भिम सार्की २० रनमा मैदानबाट बाहिरिए । हरिबहादुर चौहान ४ र राजेश पुलामी मगरले ३ तथा सहबूब आलम र बिनोद भण्डारीले १ । १ रन जोडे ।

पुलिसका पवन सरार्फ र ललितनारायण राजवंशीले ४ । ४ तथा सागर ढकालले १ विकेट लिए ।

जवाफमा पुलिसले ४० ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

पुलिसका अनिल शाह २ रनमा आउट भए भने अमित श्रेष्ठले ४४ रनकोे योगदान गरे । त्यसपछि आरिफ शेख मात्र ६, पवन सर्राफ १ र दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुन पुगे । कुशल भुर्तेललाई ६ रनमा बाहिरिए । पुलिसका लागि सुनील धमलाले अविजीत ४२ रन बनाए । अन्तिममा मञ्जित श्रेष्ठले ११ रन जोडे ।

बलिङमा आर्मीका करण केसीले ३ तथा साहब आलमले २ र सुसन भारीले १ विकेट लिए ।

Share Now

Leave a comment.