Prakash Adhikari June 8, 2019

ललितपुर, २५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको लागि आवश्यक पूँजी जुटाउने बैकल्पिक उपाय भनेको पूँजी बजार भएको बताउनु भएको छ ।

नेपाल धितोपत्र बोर्डको २७ औं बार्षिकोत्सव समारोहलाई शनिवार बिहान सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अर्थमन्त्रीले पूँजी बजारबाट पूँजी जुटाउनु पर्ने आवश्यकताको उल्लेख गर्दै भन्नुभयो, ‘मुुलुक दोहोरो अंकको आर्थिक वृद्धिको बाटोमा मुलुक रहेको छ र पाँच वर्षमा १० प्रतिशत आर्थिक वृद्धिदर पुर्याउन खर्बौ लगानी आवश्यक छ। ‘साढे आठ प्रतिशतको आर्थिक बृद्धिको कुरा गरिरहदा निजी क्षेत्रको दुई तिहाइ लगानीको अपेक्षा गरेका छौ। हामीलाई निजी क्षेत्रको लगानी घटीमा १० खर्बको पुर्याउनु पर्छ। बैंकिङ प्रणालीबाट सिडी, सिसिडी र क्यापिटल एडिक्वेसी हिसाव गरेर लगानी गरेर पुग्दैन। त्यही भएर पूँजी जुटाउने वैकल्पिक उपाय भनेको पूँजी बजारनै हो।’

Image may contain: 2 people, people standing

अर्थमन्त्री खटिवडाले शेयर बजारलाई गतिशील बनाउने विषयमा छलफल गर्नुपर्ने बताउदै भन्नुभयो, लगानीकर्तालाई प्रोत्साहित गर्न आगामी आर्थिक बर्षको बजेटमा कर म्बन्धी प्रोत्साहनका कार्यक्रम ल्याएको दाबी गर्नुभयो। भ्याटको विवाद, पूँजीगत लाभकरको विवाद पनि टुङ्गिएकोले अब पूँजी बजार अरु सकारात्मक हुने उहाँले दाबी गर्नुभयो ।

अर्थमन्त्री डा. खतिवडाले विदेशमा काम गर्न गएका नेपालीलाई बैंकिङ च्यानलबाट पैसा पठाउने व्यवस्था मिलाउनुका साथै सेयरमा लगानी गर्न सक्ने वातावरण तयार पार्न सुझाब दिनुभयो । उहाँले भन्नुभयो,’अहिले विकास भएको आस्वा प्रणालीबाटै वा यस्तै प्रणाली विकास गरेर सेयर किन्ने वातावरण तयार पार्नुहोस।‘

उहाँले नेपालको पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्यता रहेकोले यो क्षेत्रको प्रदर्शनले सेयर बजार तलमाथि हुने गरेको बताउदै यसलाई मौद्रिक नीतिको छायाँमा मात्र सीमित रहने अवस्थाबाट मुक्त पार्न पनि सुझाव दिनुभयो ।

अर्थमन्त्री डा.खतिवडाले धितोपत्र बोर्ड लगायतका नियामक निकायको ऐन संशोधन भैरहेको बताउँदै खतिवडाले नियामक निकाय कतैबाट प्रभावित हुनुनहुने जिकिर गर्दै धितोपत्र बोर्डलाई अझ व्यवसायिक र प्रभावकारी निकायको रुपमा अगाडी बढाउनु पर्ने बताउनुभयो ।

उहाँले घर जग्गामा महिलाको पहुँच बढाउन कर छुटका प्रावधान ल्याए जस्तै सेयर बजारमा पनि महिलाको पहुँच बढाउने कार्यक्रम ल्याउन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले शेयर बजारमा एनआरएन भित्र्याउँदा उनीहरुलाई प्रतिफलको सुनिश्चितता गर्दै यहाँका लगानीकर्ताहरुको पनि हित हुनेगरि नियम बनाउने बताउनुभयो ।

उहाँले प्राथमिक बजारको आधार बलियो र विस्तारित बनाउन सार्वजनिक निष्कासनमा १० कित्तासम्म आवेदन गर्न पाउने र आवेदकहरु सबैलाई १० वा १० को गुणांकमा आउने कित्ता समान रुपले वितरण गरिने पद्धति अवलम्बन गरिएको बताउनुभयो ।

उहाँले बास्तविक क्षेत्रका कम्पनीहरुलाई सेयर बजारमा प्रवेश गराउन सरकारले लिएका नीतिहरु सामयिक भएको उल्लेख गर्दै १ अर्ब पूँजीमा स्थापित कम्पनीहरुलाई अनिवार्यरुपमा पब्लिक कम्पनीमा ल्याउन र ५० करोड चुक्ता पूँजी भएका कम्पनीलाई आकर्षित गर्न सरकारले आयकरमा छुट दिएको, प्रिमियम मूल्य तोकेर सार्वजनिक निष्कासनमा जान पाउने कानूनी व्यवस्था भएको पनि उल्लेख गर्नुभयो । अध्यक्ष कार्कीले अब सार्वजनिक निष्कासनमा बुक बिल्डिड. पद्धतिमा जाने सम्बन्धमा अध्ययन भएको र यस्तो व्यवस्थाले प्राथमिक बजार मूल्य र दोस्रो बजार मूल्यमा सन्तुलन ल्याई बजारमा हुने अस्वभाविक उतारचढाव रोकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. डिल्लीबहादुर सिंह र इन्स्टिच्युट अफ चार्टर्ड एकाउण्टेण्टस् अफ नेपालका अध्यक्ष जगन्नाथ उपाध्यय, नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउद,बोर्डका पूर्वअध्यक्ष दीपकराज काफ्ले , कारोबार दैनिकका सम्पादक कुवेर चालिसे र धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजुबहादुर जी.सीले पनि पूँजी बजारको विकास र सुधारको बारेमा बोल्नुभएको थियो ।

Image may contain: 2 people, people standing

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा अतिथिहरुको स्वागत बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले  र धन्यवाद ज्ञापन बोर्डका कार्यकारी निर्देशक निरज गिरीले गर्नुभाएको थियो ।

कार्यक्रममा पूँजी बजार प्रवर्धनमा योगदान पुर्याउने सञ्चारमाध्यमको पुरस्कार कारोबार  दैनिकलाई प्रदान गरिएको थियो भने स्नातकोत्तर तहमा पूँजी बजारका सम्बन्धमा लेखिएका शोधपत्र मध्ये उत्कृष्ट शोधपत्रको पुरस्कार सोमराज नेपाली(युनिग्लोब कलेज,पोखरा विश्वविद्यालय), द्धितीय श्रीकृष्ण पोखरेल (काठमाडौं विश्वविद्यालया स्कूल अफ म्यानेजमेण्ट) र तृतीय पुरस्कार श्री गणेश खत्री डीएभी विजनेस स्कूल (पूर्वाञ्चल विश्वविद्यालय)ले पाउनुभएको थियो ।

Image may contain: 3 people, people smiling, people standing

कार्यक्रममा धितोपत्र तथा वस्तु विनिमय बजार विकास तथा सुधारका आयामहरु, सेवोन जर्नल र धितोपत्र बोर्ड समाचार १७ औं बार्षिकोत्सव लेख विशेषाड.कको विमोचन पनि गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा.खतिवडाले बोर्डको रजत जयन्ती तथा २७ औं बार्षिकोत्सवका उपलक्ष्यमा हुलाक सेवा विभागबाट प्रकाशन गरिने संस्मरणात्मक हुलाक टिकटको आवरणमा पहिलो टाँचा लगाउनुभएको थियो ।

Share Now

Leave a comment.