लण्डन(संयुक्त अधिराज्य),२८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वीजरल्याण्डको जेनेभामा आयोजित आईएलओको शत्वार्षिकी समारोहलाई सम्बोधन गरेपछि मंगलबार अक्सफोर्ड विश्वविद्यालय यूनियनका सम्बोधन गर्नुभएको छ ।
अक्सफोर्ड विश्वविद्यालय यूनियनलाई सम्बोधन गर्दै उहाँले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउनु भयो ।
उहाँले नेपालले समग्र लोकतन्त्रलाई जोड दिंदै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो।
प्रधानमन्त्री ओली जेनेभाबाट लण्डन पुगेलगत्तै हेलिकोप्टरबाट अक्सफोर्ड पुग्नुभएको थियो। विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आएका छन्।
PM KP Sharma Oli addressing the Oxford Union, at Oxford University last night. pic.twitter.com/MDGGg193af
— Pradeep Gyawali (@PradeepgyawaliK) June 11, 2019
यसैबीच सोमबार अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विशेष सम्बोध गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले सम्बोधनका क्रममा नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभयो । उहाँले ‘नेपाल लगानीका लागि अत्यन्त उपयुक्तस्थल बन्दै गएको विश्व समुदायलाई जानकारी गराउदै भन्नुभयो, ‘सरकार, रोजगारदाता र ट्रेड युनियनबीच सौहाद्रपूर्ण सहकार्यमा श्रम तथा सामाजिक सुरक्षा ऐन पारित भएको छ। त्यसमा आईएलओबाट पाएको सहयोगको प्रशंसा गर्छु।’
यसैबीच, हिजो अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनका क्रममा जेनेभामा प्रधानमन्त्री केपी शर्मा ओली र नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच नेपाल र नर्वेबीच आपसी मित्रता र सम्बन्ध अझै बढाउने विषयमा सहमति भएको थियो ।
प्रधानमन्त्रीको नेतृत्वमा जेनेभो पुगेको टोलीमा निजी क्षेत्रको पनि प्रतिनिधित्व रहेको छ । उच्चस्तरीय प्रतिनिधिमण्डलमा रोजगारदाताका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी छ । कार्यक्रममा नेपालका सरकारी अधिकारीसहित महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल र महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति थियो ।