लण्डन(संयुक्त अधिराज्य),२८ जेठ । बेलायतको दुई दिन भ्रमणमा सोमबार राति यहाँ आईपुग्नु प्रधानमन्त्री के.पी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री टेरिजा मेसंग द्धिपक्षीय वार्ता गर्नुभएको छ ।
वार्तामा द्धिपक्षीय हित, गोर्खा सैनिकका समस्याका बारेमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री ओलीले राजकुमार ह्यारीसंग पनि भेट गर्नुभएको छ ।
बेलायत वार्ता- PM Oli Meets with UK Counterpart May in London, Prince Harry and Oli spend some times together @theyatriji @Hellomahen @PradeepgyawaliK pic.twitter.com/0sZF6H0Gdw
— Saroj Gautam (@gautam_sarose) June 11, 2019
प्रधानमन्त्री मेसंगको भेटपूर्व प्रधानमन्त्री ओलीले लेवोर पार्टीका नेता जेरेमी कोर्विनलाई वेष्टमिनिष्टर भवनमा भेट गर्नुभएको थियो ।
Prime minister @kpsharmaoli met with Labor leader Mr Jeremy Corbyn at the west minister building pic.twitter.com/m5utupT7Bj
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) June 11, 2019
आजै प्रधानमन्त्री ओलीले वेष्ट मिनिष्टर भवनमा व्रिटिस ग्रुप इन्टर पार्लियामेन्टरी यूनियनसंग पनि भेट गर्नुभयो ।
Prime Minister @kpsharmaoli addressed to British Group Inter Parliamentry Union at west minister pic.twitter.com/3bc7VjpkAL
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) June 11, 2019
आजै प्रधानमन्त्री ओलीले बीबीसी विश्वसेवालाई पनि अन्तरवार्ता दिनुभयो ।
Prime Minister @kpsharmaoli interviewed with BBC World Service Live @BBCWorld pic.twitter.com/iqEOwaDnmV
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) June 11, 2019
प्रधानमन्त्री ओलीले आजै बेलायतका उद्योगीलाई क्याभल्री क्लबमा संबोधन गर्दै नेपाल सरकारले लगानीका लागि उपयुक्त वातावरण तयार पारेको भन्दै नेपालमा लगानी गर्न आह्वान गर्नुभयो । उहाँले लगानीको र लगानीकर्ताको सुरक्षा सहित आर्जित नाफा लिन पाउने सुविधाको प्रत्याभूति सरकारले दिने पनि बताउनुभयो ।
Prime minister @kpsharmaoli addressed to the CBI- Confederation of British Industries at cavalry club pic.twitter.com/tnPHictGPz
— Bishnu Rimal ~विष्णु रिमाल (@BishnuRimal) June 11, 2019


















