Prakash Adhikari June 13, 2019

 

काठमाडौं,३० जेष्ठ । फ्रान्सको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्दै हुनुहन्छ । उहाले आज साँझ आफ्ना समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । फ्रान्सका समकक्षी इडुवार्ड फिलिपसँग स्थानीय समय अनुसार साँझ पाँच बजे भेटवार्ता हुने बताइएको छ ।

भेटमा विशेष गरी पर्यटन र नेपालमा लगानीका लागि आव्हान गरिने भएको छ । यस्तै, जलवायु परिवतर्नका विषयमा नेपालले भोगिरहेको समस्याका बारेमा पनि अवगत गराउदै हुनुहन्छ । सो भेटवार्ता एक घण्टाको हुने बताइएको छ । यसअघि प्रधानमन्त्री ओली बुधबार लण्डनबाट भूमिगत रेलमार्गमार्फत् फ्रान्सको राजधानी पेरिस पुग्नु भएको थियो ।

पेरिस पुगे लगत्तै उहाले फ्रान्सका उद्योगी व्यवसायीसँग छलफल गर्नुभएको थियो ।

फ्रान्सेली उद्यमीको छाता संगठन ‘मुभमेन्ट अफ दि इन्टरप्राइजेज अफ फ्रान्स’द्वारा बुधबार साँझ पेरिसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक स्थायित्वसँगै लगानीमैत्री वातावरण बनेको उल्लेख गर्नुभयो।

‘राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, सम्भावनायुक्त बजार, कानुनी जटिलता अन्त्य, वैदेशिक लगानीका प्राथमिकता क्षेत्र छनोटलगायत कारणले नेपालमा लगानीमैत्री वातावरण बनेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

साताव्यापी युरोप भ्रमणमा निस्किनुभएका ओली स्वीट्जरल्यान्ड र बेलायतको भ्रमणपछि बुधबार पेरिस पुग्नुभएको हो।

प्रधानमन्त्रीसँगै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले फ्रान्सले नेपालका विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्न चाहेको उल्लेख गर्नुभएको छ। यो वर्ष नेपाल र फ्रान्सबीच दौत्यसम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठ मनाइँदै छ ।

प्रधानमन्त्री ओलीले फ्रान्सेली सकमक्षी र फ्रान्सेली राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो पनि दिने कार्यक्रम रहेको छ ।

Share Now

Leave a comment.