काठमाडौं, ३ आषाढ । उपत्यकाभित्र र बाहिर चारैतिरबाट सरकारले संसदमा दर्ता गरेको गुठी विधेयक को विरोध भएपछि सरकारले सो विधेयक फिर्ता लिने निर्णय गरेको छ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभएको छ ।
राष्ट्रियसभामा दर्ता भएको यो विधेयक गुठी मास्ने र गुठीको सम्पत्ति सरकारले कब्जा गर्ने नियतले ल्याएको भनेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुसहित प्रतिपक्षी दलका प्राय सबै जनप्रतिनिधिहरु, बौद्धिक समूह, उपत्याका र बाहिरका गुठीयारहरुले चर्को विरोध गरेका थिए ।