लण्डन(इंग्ल्याण्ड), ३ आषाढ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको मंगलबार सम्पन्न २४ औं खेलमा आयोजक इंग्ल्याण्डले अफगानिस्तानलाई १सय ५० रनले पराजित गर्दै अंक तालिकाको शीर्षमा पुगेको छ।
ओल्ड ट्राफोर्ड मैदानमा टस जितेर ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३ सय ९८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४७ रन मात्र जोड्न सक्यो।
अफगानिस्तानको लागि हश्मतुल्लाह शाहिदीले सर्वाधिक ७६ रन बनाए । रहमत शाहले ४६, असघर अफ्घानले ४४, गुलाबुद्दिन नैबले ३७ रन, नजबुल्लाह जदरानले १५,रसिद खानले ८ र अक्रम अलिखितले ३ रन जोडे ।
अफगानिस्तानलाई रोक्न इंग्ल्याण्डका बलर आदिल रशिद र जोफ्रा आर्चरले ३।३ तथा मार्क वुडले २ विकेट लिए।
Afghanistan: 1 Noor Ali Zadran, 2 Gulbadin Naib (capt), 3 Rahmat Shah, 4 Hashmatullah Shahidi, 5 Asghar Afghan, 6 Najibullah Zadran, 7 Mohammad Nabi, 8 Ikram Alikhil (wk), 9 Rashid Khan, 10 Mujeeb Ur Rahman, 11 Dawlat Zadran
England 1 Jonny Bairstow, 2 James Vince, 3 Joe Root, 4 Eoin Morgan (capt), 5 Ben Stokes, 6 Jos Buttler (wk), 7 Moeen Ali, 8 Chris Woakes, 9 Adil Rashid, 10 Jofra Archer, 11 Mark Wood.
यस अघि ओल्ड ट्रयाफर्ड मैदानमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो।
इंग्ल्याण्डको लागि कप्तान ओएन मोर्गनले १ सय ४८ रन बनाए। जोनी बेयरस्टोले ९० तथा जोय रुटले ८८, मोइन अलिले ३१, जेम्स भिन्सले २६ ,जोश बटलर २ बेन स्टोक २ र क्रिश ओकले १ रनको योगदान गरे ।
इंग्ल्याण्डलाई रोक्ने क्रममा अफगानिस्तानको बलिंगमा कप्तान गुल्बदीन नैब र दौलत जद्रान ले ३ । ३ विकेट लिए।
World Cup
TEAM | M | W | L | PT | NRR |
---|---|---|---|---|---|
ENG | 5 | 4 | 1 | 8 | 1.862 |
AUS | 5 | 4 | 1 | 8 | 0.812 |
NZ | 4 | 3 | 0 | 7 | 2.163 |
INDIA | 4 | 3 | 0 | 7 | 1.029 |
BDESH | 5 | 2 | 2 | 5 | -0.27 |
SL | 5 | 1 | 2 | 4 | -1.778 |
WI | 5 | 1 | 3 | 3 | 0.272 |
SA | 5 | 1 | 3 | 3 | -0.208 |
PAK | 5 | 1 | 3 | 3 | -1.933 |
AFG | 5 | 0 | 5 | 0 | -2.089 |
मंगलबारको जित सहित ५ खेलमा ४ जित र १ हार बेहोरेको इंग्ल्याण्ड प्रतियोगिताको अंकतालिकामा शिर्षस्थानमा उक्लेको छ।
अफगानिस्तान भने सबै पांच खेल हार्दै पुछारमा रहेको छ। समान ८ अंक रहे पनि अस्ट्रेलिया नेट रन रेटमा पछि रहँदै दोश्रो, ७ अंकका साथ न्युजिल्याण्ड तेश्रो र ७ अंक सहित भारत चौथो स्थानमा रहेको छ।
इंग्ल्याण्डले दक्षिण अफ्रीका, बंगलादेश र वेस्ट इन्डिजलाई पराजित गरेको हो भने उसले पाकिस्तानसंग हार बेहोरेको थियो। अफगानिस्तानले पहिल्यै अस्ट्रेलिया, श्रीलंका, न्युजिल्याण्ड, दक्षिण अफ्रीकासंग हार बेहोरेको थियो।
मंगलबारको खेलमा केही रेकर्डहरु पनि बनेका छन् ।
- यसै क्रममा अफगानिस्तानका बलर रशिद खान विश्वकपको इतिहासमा हालसम्मकै दोस्रो महंगो बलर बने उनले ९ ओभर बलिंग गर्दै १सय १० रन खर्चिए। सन् २००६ मा मिचेल लुइसले दक्षिण अफ्रीका बिरुद्ध १० ओभरमा १ सय १३ रन खर्चिएका थिए। वाहब रियाजले १० ओभरमा इंग्ल्याण्ड बिरुद्ध २०१६ मा पनि १० ओभरमा १सय १० रन खर्चिएका थिए।
- त्यस्तै इंग्ल्याण्डले एकै इनिंगमा २५ छक्का प्रहार गरी नर्या रेकर्ड बनाएको छ । यस अघि इंग्ल्याण्डलेनै वेस्ट इन्डिज बिरुद्ध यसै वर्ष २४ छक्का प्रहार गर्दै रेकर्ड बनाएको थियो।विश्वकप क्रिकेट इतिहासमा समेत कुनै पनि टिमको यो सर्वाधिक छक्का हो। यस अघि सन् २०१५ विश्वकपमा वेस्ट इन्डिजले जिम्बाबे बिरुद्ध १९ छक्का प्रहार गरेको थियो।
- एकै इनिड.मा बढी छक्का प्रहार गरेको कीर्तिमान इओन मोर्गनले राखेका छन ।उनले १ सय ४८ रन बनाउने क्रममा १७ छक्का प्रहार गर्दै एकै इनिंगमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यानको कीर्तिमान राखे । भारतका रोहित शर्माले २०१३ मा अस्ट्रेलियाबिरुद्ध दोहोरो शतक बनाउने क्रममा १६ छक्का प्रहार गरेका थिए।२०१५ मा एबी डी भिल्लियर्सले पनि र क्रिस गेलले पनि १६ वटा छक्का प्रहार गरेका थिए।
- मोर्गनले ५७ बलमा शतक बनाएका थिए जुन विश्वकप इतिहासकै चौथो छिटो शतक हो। केभिन ओ ब्रायनले सन् २०११ मा इंग्ल्याण्ड बिरुद्ध ५० बलमा शतक बनाएका थिए ।
- मोर्गन र रुटले गरेको १ सय ८९ रनको साझेदारी इंग्ल्याण्डको लागि विश्वकपमा कुनै पनि विकेटको रुपमा सबैभन्दा ठूलो साझेदारी हो। सन् १९७५ मा क फ्लेचार र डी एमिसले भारत बिरुद्ध १ सय ७६ रनको साझेदारी गरेका थिए जुन रेकर्ड बल्ल टुटेको हो।
- विश्वकप क्रिकेटमा यो नै इंग्ल्याण्डले बनाएको ३ सय ९७ रन हालसम्मको सबैभन्दा ठूलो योगफल हो। यसै विश्वकपमा उसले बंगलादेश बिरुद्ध ३ सय ८६ रन बनाएको थियो।
- अफगानिस्तानबिरुद्ध सन् २०१५ विश्वकपमा अस्ट्रेलियाले ४ सय १७ रन बनाएर सबैभन्दा ठूलो योगफल बनाएको थियो। यस्तै भारतले बर्मुडा बिरुद्ध २००७ मा ४ सय १३ रन, दक्षिण अफ्रिकाले आएरल्याण्ड बिरुद्ध २०१५ मा ४सय ११ रन, दक्षिण अफ्रिकाले वेस्ट इन्डिजबिरुद्ध २०१५ मा ४ सय ८ रन तथा श्रीलंकाले केन्या बिरुद्ध १९९६ मा ३ सय ९८ रन बनाएका थिए।