Prakash Adhikari June 19, 2019

 

भिमदत्त नगर(कञ्चनपुर), ४ आषाढ । आजदेखि सुदुर पश्चिमको महेन्द्रनगरमा प्रधानमन्त्री कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम भिड्ने भएका छन् ।

प्रतियोगिताको आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले तयार पारेको प्रतियोगिताको खेल तालिका अनुसार प्रतियोगिताको पहिलो दिन गण्डकी र सुदूर पश्चिमसंगै प्रदेश २ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

सहभागी ८ टोलीलाई २ समुहमा बिभाजन गरी खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । समुह एमा विभागीय एपीएफसंगै सुदूर पश्चिम प्रदेश, गण्डकी र ५ नम्बर प्रदेश रहेका छन् । समुह ‘बी’बाट प्रदेश १, २ , ३ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले ५ तथा उपविजेताले ३ लाख रुपैया पाउने छन् ।

Share Now

Leave a comment.