लण्डन(संयुक्त अधिराज्य), ४ आषाढ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको बुधबार भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड ले चौथो जित निकालेको छ । यो जितसँगै न्युजिल्याण्ड प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।
पानी परेपछि १ ओभर छोट्याएर ४९ ओभरमा गराईएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अफ्रिकाले ६ विकेट गुमाएर २ सय ४१ रन बनाएको हो ।
अफ्रिकाका लागि रोस भान डर डुसेनले ६७ , हासिम अमलाले ५०,एडिन मक्रमले ३८ , डेभिड मिलरले ३६, फाप डु प्लेसिसले २३, क्रिश मोरिस ६ र क्विटन डे ककले ५ रनको योगदान गरे ।
South Africa: 1 Hashim Amla, 2 Quinton de Kock (wk), 3 Aiden Markram, 4 Faf du Plessis (capt), 5 Rassie van der Dussen, 6 David Miller, 7 Andile Phehlukwayo, 8 Chris Morris, 9 Kagiso Rabada, 10 Lungi Ngidi, 11 Imran Tahir.
New Zealand: 1 Martin Guptill, 2 Colin Munro, 3 Kane Williamson (capt), 4 Ross Taylor, 5 Tom Latham (wk), 6 James Neesham, 7 Colin de Grandhomme, 8 Mitchell Santner, 9 Matt Henry, 10 Lockie Ferguson, 11 Trent Boult.
दक्षिण अफ्रिकालाई रोक्ने क्रममा न्युजिल्याण्डका लाचलन फर्गुशनले ३ विकेट लिए । टेण्ट बोल्ट, कोलिन डे ग्राण्डहोम गार्नर र मिचेल शान्टनरले १ । १ विकेट लिए ।
२ सय ४२ रनको लक्ष्य पाएको न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै २ सय ४५ रन जोडेर लक्ष्य पूरा गर्यो । उसका जितमा कप्तान केन विलियम्सनले १सय ३, मार्टिन गुप्तिल ३५,जेम्स निशम २३,कोलिन मुनरो ९, मिचेल शान्टनर २ तथा रस टेलर र टम लाथमले एक एक रनको योगदान दिएका थिए ।
न्युुजिल्याण्डलाई रोक्ने क्रममा क्रिश मोरिसले ३, कागिसो रावडा,लुंगी न्गेदी र अन्दिल फेहलुक्वायोले एक एक विकेट लिए ।
World Cup
TEAM | M | W | L | PT | NRR |
---|---|---|---|---|---|
NZ | 5 | 4 | 0 | 9 | 1.591 |
ENG | 5 | 4 | 1 | 8 | 1.862 |
AUS | 5 | 4 | 1 | 8 | 0.812 |
INDIA | 4 | 3 | 0 | 7 | 1.029 |
BDESH | 5 | 2 | 2 | 5 | -0.27 |
SL | 5 | 1 | 2 | 4 | -1.778 |
WI | 5 | 1 | 3 | 3 | 0.272 |
SA | 6 | 1 | 4 | 3 | -0.193 |
PAK | 5 | 1 | 3 | 3 | -1.933 |
AFG | 5 | 0 | 5 | 0 | -2.089 |
यो खेल संगै न्युजिल्याण्ड ५ खेलमा ४ मा जित सहित ९ अंक लिएर अंक तालिकाको शीर्षमा पुगेको छ भने दक्षिण अफ्रिका ६ खेलमा १ मा जितसहित आठौं स्थामा रहेको छ । ऊभन्दा तल पाकिस्तान र अफगानिस्तान रहेका छन् ।