लण्डन(संयुक्त अधिराज्य),६ आषाढ । श्रीलंकाले विश्वकप आयोजक टोली इङ्ल्याण्डलाई २० रनले पराजित गरेको छ ।
लिड्सको हेडिंगलेमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको २ सय ३३ रनको लक्ष्य इंग्ल्याण्डले पूरा गर्न सकेन । ५० ओभरको निर्धारित खेलमा उसले ४७ ओभरमा सबै विकेट गुमाउदै २ सय १२ रन मात्र जोड्न सक्यो ।
England: 1 Jonny Bairstow, 2 James Vince, 3 Joe Root, 4 Eoin Morgan (capt), 5 Ben Stokes, 6 Jos Buttler (wk), 7 Moeen Ali, 8 Chris Woakes, 9 Adil Rashid, 10 Jofra Archer, 11 Mark Wood
Sri Lanka: 1 Dimuth Karunaratne (capt), 2 Kusal Perera (wk), 3 Avishka Fernando, 4 Kusal Mendis, 5 Angelo Mathews, 6 Jeevan Mendis, 7 Dhananjaya de Silva, 8 Thisara Perera, 9 Isuru Udana, 10 Lasith Malinga, 11 Nuwan Pradeep
२ सय ३३ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रेको इंग्ल्याण्डका दुवै ओपनरलाई श्रीलंकाका बलर लसिथ मालिंगाले मैदानमा टिक्न दिएनन् । उनले ओपनर जोंन्नी बेयरस्टोलाई खाता खोल्न नपाउदै आउट गरे भने जेम्स भिन्सलाई १४ रनमा आउट गरेर घरेलु टीमको मनोबल गिराए । २१ रनमा जोडेका कम्तान ओएन मोर्गनलाई इसुरु उडानाले आउट गरे।

अर्ध शतक पार गरेर ५७ रन बनाएका इंग्ल्याण्डलाई अलिक भरथेग गरेको जोय रुटलाई ३१ औं ओभरमा मलिंगाले क्क्याच आउट गराएर इंग्ल्याण्डलाई निराश बनाए । लगत्तै १० रन बनाएर जोस बटलर पनि मलिंगाको एलबिडब्लु शिकार हुँदा श्रीलंका खेलमा हावी भयो। इंग्ल्याण्डका लागि बे्रने स्टोकले ८२,मोइन अलीले १६, जोफ्रा आर्चर,क्रिश ओकले २ र अदिल रसिदले १ रनको योगदान गरे ।
उपाधिको दाबेदार मानिएको इंग्ल्याण्डलाई रोक्न लासिथ मालिंगाले ४ विकेट धनन्जय डी सिल्भाले ३ विकेट तथा इसुरु उडानाले २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो।
श्रीलंकाको लागि एन्जेलो म्याथुजले अविजित ८५ रन बनाए । अभिस्का फर्नान्डोले ४९ र कुशल मेन्डिसले ४६ रन बनाए। जीवन मेण्डिजले ४६, धनञ्जय डे सिल्भाले २९, इसुरु उदानले ६,थिसरा परेराले २ तथा क्याप्टेन डिमुथु करुणारत्ने,लासिथ मालिंगा र नुवान प्रदीपले एक एक रनको योगदान गरे ।
श्रीलंकालाई रोक्न इंग्ल्याण्डको जोफ्रा आर्चर र मार्क वुडले ३ । ३, आदील रशिदले २ र क्रिस वोक्सले १ विकेट लिए।


















