लण्डन(संयुक्त अधिराज्य), ८ असार । एकदिवसीय विश्वकप ििक्रकेट अन्तरगत शनिवार राति म्यानचेष्टरमा सम्पन्न २९ औ खेलमा वेस्ट इन्डिजलाई ५ रनले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्षमा पुगेको छ ।
पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिजले निर्धारित ५० ओभरको खेलमा २ सय ८६ रन मात्र बनाउन सक्यो ।
अन्तिममा ब्याटिड. सम्हालिरहेका वेष्ट इण्डिजका कार्लोस ब्रेथह्वाइटलाई १ सय १ रन बनाउदा जेम्स निसमले आउट गरेपछि खेलको नतिजा न्युजिल्याण्डको पक्षमा पुगेको हो । अन्यथा वेष्ट इण्डिजलाई अन्तिम ओभरको ६ बलबाट ६ रन लिन कुनै कठिनाई देखिने अवस्था थिएन ।
New Zealand: 1 Martin Guptill, 2 Colin Munro, 3 Kane Williamson (capt), 4 Ross Taylor, 5 Tom Latham (wk), 6 James Neesham, 7 Colin de Grandhomme, 8 Mitchell Santner, 9 Matt Henry, 10 Lockie Ferguson, 11 Trent Boult
West Indies: 1 Chris Gayle, 2 Evin Lewis, 3 Shai Hope (wk), 4 Nicholas Pooran, 5 Shimron Hetmyer, 6 Jason Holder (capt), 7 Carlos Brathwaite, 8 Ashley Nurse, 9 Kemar Roach, 10 Sheldon Cottrell, 11 Oshane Thomas
अत्यन्त रोचक र प्रतिस्पर्धात्मक खेलमा वेष्ट इण्डिज क्रिस गेलले ८७, शिमरन हेत्मयारले ५४,सेल्डन कटरेलले १५, केमर रोचले १४, निकोलस पुरन, अश्ले नर्स र साई होपले एक एक रनको योगदान दिएका थिए ।
वेष्ट इण्डिजलाई रोक्न् न्युजिल्याण्ड बलर ट्रेन्ट बोल्टले सर्वाधिक ४ लकी फर्गुसनले तथा जेम्स निशाम र कोलिन डी ग्राण्ड होमले १। १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर २ सय ९१ रनको योगफल तयार गरेको थियो।
प्लेयर अफ द म्याच समेत चुनिएका कप्तान केन विलियमसनले यो विश्वकपमा दोश्रो शतक बनाउने क्रममा १ सय ४८ रन जोडे । रोस टेलरले ६९ रन बनाए। यस्तै जेम्स निसमले २८, टम लाथमले १२, शान्टनरले १० र कोलिन डी ग्राण्डहोमले ८ रन जोडे ।
न्युजिल्याण्डलाई रोक्ने क्रममा वेष्ट इण्डिजका सेल्डन कोटरेलले ४, कार्लोस ब्राथह्वाइटले २ र क्रिश ग्रेलले १ विकेट लिए ।
World Cup
TEAM | M | W | L | PT | NRR |
---|---|---|---|---|---|
NZ | 6 | 5 | 0 | 11 | 1.306 |
AUS | 6 | 5 | 1 | 10 | 0.849 |
INDIA | 5 | 4 | 0 | 9 | 0.809 |
ENG | 6 | 4 | 2 | 8 | 1.457 |
SL | 6 | 2 | 2 | 6 | -1.119 |
BDESH | 6 | 2 | 3 | 5 | -0.407 |
WI | 6 | 1 | 4 | 3 | 0.19 |
SA | 6 | 1 | 4 | 3 | -0.193 |
PAK | 5 | 1 | 3 | 3 | -1.933 |
AFG | 6 | 0 | 6 | 0 | -1.712 |
यो खेलको नजिता संगै न्जुजिल्याण्ड ६ खेलमा ५ मा जित र एक खेलमा अंक बाँडेर ११ अंकसहित अंकतालिकाको शीर्षमा पुगेको छ भने वेष्ट इण्डिज ६ खेलमा एक जित र एकमा अंक बाँडेर ४ हारसहित ३ अंक जोडेर अंकतालिकाको सातौ स्थानमा रहेको छ ।