Prakash Adhikari June 23, 2019

 

भरतपुर(चितवन),८ आषाढ । भरतपुर महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष नरेन्द्र कंदड.्वाले स्थानीय बडाका बाटो विस्तार गर्दा सरकारी जमिन उपयोग गर्न छोडेर व्यक्ति व्यक्तिका निजी जग्गा मिच्न थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

वडा नम्बर १२ को नमूनापथ बाटो पीच गर्नका डोजर चलाउदा वडा अध्यक्षले बाटोको निर्धारित सीमा मिचेर बनाइएका संरचनालाई जोगाउदै सीमा बाहिरका निजी जग्गा अतिक्रमण गरेपछि स्थानीय आक्रोशित भएका हुन् ।

वडा अध्यक्षले आफ्नो इशारा अनुसार चल्ने स्थानीय ठेकेदार सूर्य मगरलाई लगाएर सो कार्य गराएका छन् । उनले वडा भित्रका सडकहरु टुक्रा टुक्रा पारेर विना टेण्डर सूर्य मगरलाई ठेक्का दिदैं आएका छन् ।

स्थानीयहरुले २०२६ सालमा नै रेखांकन भैसकेको सो बाटो सोही रेखांकन अनुरुप निर्माण हुनुपर्ने माग राख्दै नगरपालिकामा उजुरी दिएका थिए ।

तर वडाअध्यक्ष कन्दड.वाले बाटो पुरानो रेखांकन अनुसार नै भएको भनेर झूटो बयान दिएपछि नगरपालिकाले थप स्थलगत अवलोकन निरीक्षण गरेन ।

स्थानीयहरुले २०२६ सालको रेखांकन अनुसार नै बाटोको निर्माण, विस्तार र स्तरोन्नति हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएका छन् ।

२०२६ सालको रेखांकन अनुरुप नगरी बल मिच्याई गरेमा न्यायकालागि अदालतमा समेत जान बाध्य हुने दाबी स्थानीयहरुले गरिरहेका छन् ।

Share Now

Leave a comment.