महेन्द्रनगर(कञ्चनपुर), ११ आषाढ । प्रधानमन्त्री कप महिला टि२० प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलले जितेको छ । एपीएफले फाइनलमा सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको उपाधि सहित एपीएफले ५ लाख रुपैयाँ तथा उपविजेता सुदुरपश्चिम प्रदेशले ३ लाख हात पार्यो।
कंचनपुरको महेन्द्रनगर स्थित कभर्ड हल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको सुदुरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर ७१ रनको योगफल तयार गरेको थियो। एपीएफले ७२ रनको लक्ष्य १५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
्रएपीएफको लागि इन्दु बर्माले अविजित २२ रन बनाइन भने सिता राना मगरले १८ तथा ज्योति पाण्डेले १७ रन बनाइन्।एपीएफले सरिता मगरलाई २ रन तथा ममता चौधरीलाई ३ रन मा गुमायो भने सोनु खड्काको यात्राले पनि दोहोरो अंक छोएन , अविजित ३ रनमा सीमित रह्यो ।
सशस्त्रलाई रोक्ने क्रममा सुदुरपश्चिमकी जानकी भट्टले २ विकेट लिइन् ।
यस अघि सुदुरपश्चिमलाई ७१ रनमा सीमित गर्न एपीएफ बलर करुना भण्डारी र सिता राना मगर ३ । ३ विकेट तथा सोनु खड्का र रेखा रावल ले १ । १ विकेट हात पारे।
सुदुरपश्चिमको लागि रुबी पोदरले सर्वाधिक २४ तथा कविता कुँवरले २२ रन बनाए।मञ्ज बोगटीले ८ , रेवति धामी,शोभा रोकाया र सुमन विष्टले एक एक रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
खेलको प्लेयर अफ द म्याच सिता राना मगर चुनिइन्।
यस अघि पहिलोसेमीफाइनल वर्षाले रद्द हुँदा सुदुरपश्चिम समुह चरणको प्रदर्शनको आधारमा फाइनल प्रवेश गरेको थियो। यस्तै एपीएफले भने प्रदेश(१ लाई दोश्रो सेमीफाइनलमा ५ रनले ९ डीएल ० पराजित गरेको थियो


















