Prakash Adhikari June 27, 2019

सानो ठिमी (भक्तपुर) । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयको वेभसाईटमा माध्यमिक शिक्षा परीक्षाको नतिजा आउदै छ,SEE Result 2075,Secondary Education Examination Coming Soon !!! लेखिएको छ ।

यता विगत केही बर्षदेखि एसएलसीको परीक्षा आम नागरिकमा सहज तरिकाले पूर्याउदै आएको नेपाल टेलिकमले आफ्ना मोबाईल ग्राहकहरुलाई एसईईको नतिजा हेर्नृे तरिकाको सूचना एसएमएसमार्फत बिहिबार ७ : १२ मा नै पठाइसकेको छ ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन भएको एसइई परीक्षमा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए। परीक्षाको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Share Now

Leave a comment.