काठमाडौं, १३ आषाढ । नेपाल विद्युत प्राधिकरणमा ६ सय ५१ जनाको लागि रोजगारी खुलेको छ । प्राधिकरणले अधिकृत स्तरको पदका लागि १ सय ११ जना र सहायक स्तरको पदका लागि ५ सय ४० जना कर्मचारी भर्ना गर्न विज्ञापन गरेको छ ।।
प्राधिकरणले १०औं तहको प्रवन्धक पदमा सिभिल र इलेक्ट्रिक समुहका लागि एक एक जनाको लागि दरखास्त आह्वान गरेको छ। यो पदका लागि नेपाल सरकार मातहतको कार्यलयमा न्युनतम ७ वर्षको कार्यानुभव हुनु पर्नेछ। आठौ तहसम्मका पदमा कार्यानुभव हुनु पर्नेछ भने बाँकी पदका लागि अनुभव आवश्यक पर्दैन ।

प्राधिकरणले सबैभन्दा धेरै मिटर रिडरका लागि विज्ञापन खुला गरेको छ।
योग्यता पुगेका इन्छुक नेपाली नागरिकले साउन २ गतेसम्म आवेदन दिन सक्ने छन्। दोब्बर दस्तुर तिरेर भने साउन ९ गतेसम्म आवदेन दिन सकिने प्राधिकरणले जनाएको छ।
अधिकृत स्तरका पदका लागि १ हजार२ सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म दस्तुर लाग्ने छ ने भने सहायक स्तरका पदमा ३ सय रुपैयाँदेखि ८ सय रुपैयाँसम्म लाग्नेछ।
समावेशी समूहका लागि आवदेन दिनेले थप दस्तुर भुक्तानी गर्नुपर्ने हुन्छ।


















