Prakash Adhikari June 28, 2019

लण्डन(संयुक्त अधिराज्य), १३ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत बिहिबार राती सम्पन्न ३४औं खेलमा भारतले वेष्ट इण्डिजलाई १ सय २५ रनले पराजित गरेको छ ।

यस खेलमा पराजित भएसंगै क्रिकेटका हस्तीहरुले पूर्ण मानिएको वेष्ट इण्डिज यो एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणबाटै घर फर्किने अवस्थामा पुगेको छ ।

म्यानचेष्टरमा सम्पन्न खेलमा टस जितेर ब्याटिड. राजेको भारतले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउदै २ सय ६९ रन बनाएको थियो ।

२ सय ७० रनको लक्ष्य पाएको निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा १ सय ४३ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो ।

वेष्ट इण्डिजका चर्चित खेलाडी क्रिस गेलले १९ बलमा ६ रनमात्र जोड्न सके । अर्का ओपनर सुनिल अम्ब्रिसले ३१ रन बनाए । निकोलास पुरनले २८ तथा सिम्रन हेत्मायरले १८ रन बनाए । ६ ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । केमर रोचले १४ सेल्डन कोट्रेलले १० रन,क्याप्टेन जसन होल्डरले ६ र साई होपले ५ रन जोडे ।

India: 1 Rohit Sharma,2 KL Rahul,3 Virat Kohli (captain),4 Vijay Shankar,5 Kedar Jadhav,6 MS Dhoni (wk),7 Hardik Pandya,8 Mohammad Shami,9 Kuldeep Yadav,10 Yuzvendra Chahal,11 Jasprit Bumrah

West Indies: 1 Chris Gayle,2 Sunil Ambris,3 Shai Hope (wk),4 Nicholas Pooran,5 Shimron Hetmyer,6 Jason Holder (captain),7 Carlos Brathwaite,8 Fabian Allen,9 Kemar Roach,10 Sheldon Cottrell,11 Oshane Thomas

वेष्ट इण्डिजलाई रोक्न मोहम्मद सामीले ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराहले ६ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए भने ७ ओभरमा ३९ रन खर्चेका स्पिनर युजवेन्द्र चहलले पनि २ विकेट लिए । कुलदीप यादव र हार्दिक पण्ड्ेयले एक एक विकेट लिए ।

यसअघि टस जितेर व्याटिड रोजेको भारतले ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २ सय ६८ रन बनायो ।भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन बनाए । महेन्द्रसिंह धोनीले ५६, लोकेश राहुलले ४८, हार्दिक पाण्डेया ४६,रोहित शर्मा १८, विजय शंकरले १४ र केदार जादवले ७ रन लिए ।

भारतलाई रोक्ने क्रममा वेष्ट इन्डिजका केमर रोचले तीन तथा जेसन होल्डर र सेल्डन कर्टेलले दुई दुई विकेट लिए ।

World Cup

TEAM M W L PT NRR
AUS 7 6 1 12 0.906
INDIA 6 5 0 11 1.16
NZ 7 5 1 11 1.028
ENG 7 4 3 8 1.051
BDESH 7 3 3 7 -0.133
PAK 7 3 3 7 -0.976
SL 6 2 2 6 -1.119
WI 7 1 5 3 -0.32
SA 7 1 5 3 -0.324
AFG 7 0 7 0 -1.634

यो खेलको नतिजासंगै भारत ६ खेलमा ११ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने वेष्ट इण्डिज सात खेलमा ३ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहदै दोस्रो चरणपूर्व नै घर फर्कने अवस्थामा पुगेको छ ।

Share Now

Leave a comment.