भरतपुर(चितवन), १३ आषाढ । नेपाली कांगेसका नेता, पूर्व महासमिति सदस्य भरतपुर नगरपालिकाको संस्थापक मुक्तिलाल चुकेको ८४ वर्षको उमेरमा उहाँकै निवास नारायणगढमा निधन भएको छ ।
युवावस्थादेखि नै चितवनलाई कर्मक्षेत्र बनाउदै जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात, धार्मिक स्थल, पर्यटनको विकास पूर्वाधारका साथै प्रजातन्त्र स्थापनाका निमित आफ्नो क्षेत्रबाट लाग्नु भएका निर्भिक स्वभावका धनि व्यक्तित्व मुक्तिलाल चुके वीपी नगर वन, वीपी कोइरालाको सालिक निर्माण साथै वि।स।२०३६ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रह तथा नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय भवन निर्माणको अध्यक्ष भएर कांग्रेसको झण्डामुनि रहेर लोकतान्त्रिक आन्दोलनलाई योगदान योगदान पुर्याउनु भएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ– “स्व.चुकेले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा पुर्याउनु भएको सकृय योगदान पार्टीमा सदा स्मरणीय रहने छ । उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्व गुमाएको र पार्टीलाई अपुरणीय क्षति पुगेको छ ।
उहाँले दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।


















