लण्डन(संयुक्त अधिराज्य),१३ आषाढ । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको ३५ औं खेलमा पहिलो चरणबाटै बाहिरिने निश्चित भैसकेको दक्षिण अफ्रीकाले प्रतियोगितामध्ये कै सबैभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो चरण पुग्ने आशा पालेको श्रीलंकालाई ९ विकटले पराजित गरेको छ ।
चेष्टर ले स्टिट क्रिकेट मैदानमा भएको ३५ औं खेलमा टस हारेर ब्याटिंग गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ३ रनको योगफल तयार गरेको थियो।
२ सय ४ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले सो लक्ष्य १ विकेटको क्षतिमा ३७.२ ओभरमा २ सय ६ रन जोडेर पूरा गर्यो।
ओपनर क्विन्टन डे कक १५ रन बनाएर बाहिरिएपछि हासिम अमला र कप्तान फाफ डु प्लेसिसले शतकीय साझेदारी गर्दै टिमलाई विजय दिलाएका थिए ।अमलाले १ सय ५ बलमा ५ चौका सहित अविजित ८० जोडेका थिए भने डु प्लेसिसले १०३ बलमा १० चौका र १ छक्कासहित अविजित ९६ रन जोडेर जित पक्का गरेका थिए ।

यो विश्वकपमा दक्षिण अफ्रिकाको आक्रमक खेललाई रोक्ने क्रममा श्रीलंका लासिथ मलिंगाले १ विकेट मात्र झार्न सके ।
यस अगाडि टस हारेर ब्याटिड. गरेको श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले ठूलो योगफल बनाउन सकेनन्। कुशल परेरा र अभिस्का फर्नान्डोले सर्वाधिक ३० / ३० रन बनाए । धनन्जय डी सिल्भाले २४, कुशल मेन्डिसले २३, थिसारा परेराले २१ रन ,जीवन मेण्डिजले १८,इशुरु उदानले १७, एञ्जेलो म्याथुले ११, रस लक्मलले ५ र लासिथ मालिंगाले ४ रनको योगदान दिएका थिए ।
श्रीलंकालाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका क्रिस मोरिस र द्धायन प्रिटोरियसले ३ /३ तथा कागीसो रबाडाले २ विकेट लिए। एण्डिले फेलुक्वायो र जेपी डुमिनीले १/१ विकेट लिए।
World Cup
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| AUS | 7 | 6 | 1 | 12 | 0.906 |
| INDIA | 6 | 5 | 0 | 11 | 1.16 |
| NZ | 7 | 5 | 1 | 11 | 1.028 |
| ENG | 7 | 4 | 3 | 8 | 1.051 |
| BDESH | 7 | 3 | 3 | 7 | -0.133 |
| PAK | 7 | 3 | 3 | 7 | -0.976 |
| SL | 7 | 2 | 3 | 6 | -1.186 |
| SA | 8 | 2 | 5 | 5 | -0.08 |
| WI | 7 | 1 | 5 | 3 | -0.32 |
| AFG | 7 | 0 | 7 | 0 | -1.634 |
दक्षिण अफ्रिकाले यस अघि अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तान, न्युजिल्याण्ड, भारत, बंगलादेश र इंग्ल्याण्डसंग पराजित भएको थियो।
यो पराजय पछि सातौँ खेलमा २ जित, ३ हार र २ नतिजाविहिन अंकसहित श्रीलंकाको सेमीफाइनल सम्भावना झिनो बनेको छ। श्रीलंकाले अब वेस्ट इन्डिज र भारतसंग खेल्न बाँकी रहेको छ।. दुवै टिमको व्याटिड. राम्रो रहेकोले दुवै टिमलाई पराजित गरेर सेमिफाइनल पुग्ने श्रीलंकाको संभावना झिनो छ । दक्षिण अफ्रिकासंगको हार श्रीलंकालाई निकै महंगो सावित भएको छ ।


















