लण्डन(संयुक्त अधिराज्य),१४ आषाढ । आइसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । जितको यही श्रृखला कायम राखेमा पाकिस्तान सेमीफाइनल पुग्न सक्ने देखिन्छ ।
लिड्स खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।
२ सय २८ रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा अन्तिम ओभरमा दुईबल बाँकी रहदा ७ विकेटको क्षतिमा २ सय ३० रन जोडेर अफगानिस्तानलाई ३ विकेटले पराजित गर्यो ।

पाकिस्तानकालागि इमाद वाशिमले ४९, बाबार आजमले ४५, इमाम उल हकले ३५, हरिश सोहेलले २७, मोहम्द हाफिजले १९, सर्फराज अहमदले १८, वाहव रियाजले १५ र शादव खानले ११ रनको योगदान गरे । खराव सुरुवात गरेको पाकिस्तानले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर फकर जवान शून्य रनमा नै आउट भए ।
त्यसपछि दोस्रो विकेटका लागि इमाम उल हक र बाबर अजाम विच ७२ रनको साझेदारी भएको थियो । जसमा इमाम ३६ रनमा आउट भए । तर त्यसपछि उसले अरु दुई विकेट सस्तैमा गुमायो । बाबर अजाम ४५ रनमा आउट भए भने मोहम्मद हफिज १९ रनमा पेभेलियन फर्किए ।
त्यसपछि हरीस सोहेलपनि २७ रनमा आउट आउट हुन पुगे । कप्तान सरफराज अहमदपनि १८ रनमा बाहिरीदा पाकिस्तानले १ सय ५६ रनमा ६ विकेट गुमायो । अन्तिममा इमाद वासिम र सहदाव खानले ५० रनको साझेदारी गर्दै टीमलाई जितको नजिक पुर्याए । जसमा सादाब खानले ११ रन बनाए ।
त्यसपछि वाहेब रियाज र वासिमले पाकिस्तानलाई जित दिलाए । जसमा वाहबको १५ र वासिमको ४९ रनको योगदान रह्यो ।
पाकिस्तानलाई रोक्ने क्रममा अफगानिस्तानका मुजिव उर रहमानले २, मो.नबीले २ र रसिद खानले १ विकेट लिए ।
यस अगाडि टस जितेर ब्याटिड. गरेको अफगानिस्तानले खेलमा राम्रो प्रदर्शन गरेको थिययो । यसको लागि असगर अफगान र नजिबुल्लाह जर्दनले समान ४२–४२ रन बनाएका थिए । यस्तै रहमत साहले ३५ रन र इकरम अलिखिलले २४ रन बनाए । अफगानिस्तानका लागि समुल्लान सिनवारीले १९, मोहम्मद नबीले १६, गुलाब नैबले १५, रसिद खानले ८,मुजिब उर रहमानले ७ र हमिद हसनले १ रनको योगदान दिए ।
अफगानिस्तानलाई रोक्न पाकिस्तानका लागि सइन्सा अफ्रिदीले ४,इमाद वसिम र वहाव रियाजले समान दुई दुई तथा साहव खानले १ विकेट लिए ।
World Cup
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| AUS | 8 | 7 | 1 | 14 | 1 |
| INDIA | 6 | 5 | 0 | 11 | 1.16 |
| NZ | 8 | 5 | 2 | 11 | 0.572 |
| PAK | 8 | 4 | 3 | 9 | -0.792 |
| ENG | 7 | 4 | 3 | 8 | 1.051 |
| BDESH | 7 | 3 | 3 | 7 | -0.133 |
| SL | 7 | 2 | 3 | 6 | -1.186 |
| SA | 8 | 2 | 5 | 5 | -0.08 |
| WI | 7 | 1 | 5 | 3 | -0.32 |
| AFG | 8 | 0 | 8 | 0 | -1.418 |
यो खेलको नतिजा आफ्नो पक्षमा ल्याउन सफल भएको पाकिस्तान अंकतालिकाको चौथो स्थानमा उक्लिएर सेमीफाइनलको आशा जीवित बनाएको छ भने अफगानिस्तानले जितिसकेको खेल गुमाएर शून्य अंकसहित अंकतालिकाको अन्तिम स्थानमा थच्चिन परेको छ ।


















