Prakash Adhikari July 3, 2019

 

ब्रासिलिया(ब्राजिल),१८ आषाढ (एजेन्सी) । दक्षिण अमेरिकी देशहरुबीच प्रतिस्पर्धा हुने कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनालाई पराजित गर्दै आयोजक ब्राजितले सेमिफाइनलको यात्रा तय गरेको छ ।

बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा ब्राजिलले चिरप्रतिद्वन्द्वी अर्जेन्टिनालाई २–० ले हराउँदै फाइनल यात्रा पक्का गर्यो ।

ब्राजिलको जितमा खेलको १९औं मिनटमा ग्याब्रियल जेसुसले पहिलो गोल गरे भने ७१औं मिनटमा रोबर्टो फर्मिनाले दोस्रो गोल गरेका थिए । यो पराजयले कोपा अमेरिकाको पछिल्लो पाँच मध्ये चार्र प्रतियोगिताको सेमिफाइनलमा पुगेको अर्जेन्टिना फेरि निराश भएको छ ।

ब्राजिलले अब फाइनलमा अब साविक विजेता चिली र पेरुबीचको विजेतासँगै उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।

Share Now

Leave a comment.