Prakash Adhikari July 5, 2019

 

लण्डन(संयुक्त अधिराज्य),१९ आषाढ । वेस्टइन्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेको छ ।

बिहिबार लिडमा सम्पन्न ४२ औं खेलमा वेस्टइन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ८८ रन बनाउन सक्यो।

३१२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानका अक्रम अलिखिलले ८६,रहमत साहले ६२,असघर अफगानले ४०, नजिबुल्लाह जर्दानले ३१, शैयाद शिर्यादल २५, रासिद खानले ९,मुजिबर रहमानले ७, समुल्लाह सिनबारीले ६, दावलत जर्दानले १ रनको योगदान दिए ।

अफगानिस्तानालाई रोक्ने क्रममा वेस्टइन्डिजको लागि कार्लोस ब्राथवेटले ४, केमर रोचले ३ ओशेन थोमस र क्रिस गेललेले १ ।१ विकेट लिए।

हेडिंगलेमा मैदानमा यस अघि टस जितेर ब्याटिंग गर्दै वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुएर ३ सय ११ रनको योगफल तयार गरेको थियो

वेस्ट इन्डिजकको लागि शाइ होपले सर्वाधिक ७७ , इभिन लुइस र निकोलस पुरनले समान ५८ तथा जेसन होल्डरले ४५ रन बनाए। कप्तान जासन होल्डरले ४५, सिमरन हेत्मयरले ३९, कार्लोस ब्राथवेटले १४ र क्रिस गेलले भने ७ रन बनाए ।

वेष्ट इण्डिजलाई रोक्ने क्रममा अफगानिस्तानको लागि दावलत जर्दानले २ तथा सैयद शिर्जयाद, मोहम्मद नबि र राशिद खानले १ । १ विकेट लिए।

यो जितसंगै विश्वकपमा आफ्नो अन्तिम खेल खेलेका क्रिस गेललाई सुखद बिदाइ समेत गरेको छ। गेलले अन्तिम विश्वकप खेले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास भने भारतसंग घरेलु मैदानमा खेल्ने सिरिज पछि गर्ने संकेत गरेका छन्। खेलमा गेलले ब्याटिंगमा ७ रन बनाउन सके पनि बलिंगमा भने १ विकेट लिंदा एउटा क्याच गरे।

World Cup

TEAM M W L PT NRR
AUS 8 7 1 14 1
INDIA 8 6 1 13 0.811
ENG 9 6 3 12 1.152
NZ 9 5 3 11 0.175
PAK 8 4 3 9 -0.792
SL 8 3 3 8 -0.934
BDESH 8 3 4 7 -0.195
SA 8 2 5 5 -0.08
WI 9 2 6 5 -0.225
AFG 9 0 9 0 -1.322

अफगानिस्तान यो विश्वकपमा विजयको स्वाद चाख्ने सौभाग्य प्राप्त नगरी यात्रा समाप्त गर्न बाध्य भयो। सन् २०१५ विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई मात्र पराजित गर्न सकेको थियो।

लिग चरणमा सम्पूर्ण ९ खेल खेल्दा वेस्ट इन्डिज ५ अंक सहित नवौं स्थानमा रह्यो भने अफगानिस्तान अंकविहिन रहँदै दशौँ स्थानमा रह्यो।

वेस्टइन्डिजले पहिलो खेलमा पाकिस्तानसंग जित हाँसिल गरे पछि ६ खेलमा हार बेहोरेको थियो। १ खेल नतिजाविहिन रह्यो ।

Share Now

Leave a comment.