सानोठिमी(भक्तपुर),२६ आषाढ । शिक्षा सेवा आयोगले गत बर्ष खुला प्रतिस्पर्धाको माध्यमबाट लिएको स्थायी शिक्षकको परीक्षाको नतिजा धमाधम प्रकाशित गरिरहेको छ । आयोगले दिएको जानकारी अनुसार निम्नमाध्यमिक र माध्यमिक तहका सबै विषयको सबै क्षेत्र तथा जिल्लाका नतिजा आइसकेको छ भने प्राथमिक तहको परीक्षाको पनि अधिकांश जिल्लाहरुको नतिजा आईसकेको छ ।
आयोगले प्राथमिक तहको नतिजा सार्वजनिक गर्ने क्रममा २६ आषाढमा बैतडी अछाम डोटी,संखुवासभा,सुनसरी बाजुरा र बझाङ जिल्लाको पुनर्योगको नतिजाको साथै खुलातर्फका स्याङजा, कास्की,रसुवा र मकवानपुर जिल्लाको नतिजा प्रकाशन गरेको छ । आयोगले २५ असारमा तनहुँ,बारा र लमजुङ, जिल्लाको खुला तर्फको नतिजा प्रकाशन गर्नुको साथै ताप्लेजुङ ,पाँचथर, इलाम, कैलाली, दार्चुला र डडेल्धुरा जिल्लाको पुनर्योगको नतिजा प्रकाशन गरेको थियो ।
त्यस्तै आषाढ २४ मा पर्सा, नवलपरासी, बागलुङ,सिन्धुली र मनाड.को, २३ गते रौतहट,गुल्मी र पाल्पाको, २२ गते रामेछाप,सर्लाही,रुपन्देही र अर्घाखाँचीको,२०गते म्याग्दी,कपिलवस्तु,मुस्ताड.,पर्वत,सल्यान र रुकुमको, १९ गते दाड.,रोल्पा,धनुषा र महोत्तरीको,१८गते सुर्खेत,खोटाड.,सिराहा, जाजरकोट र सोलुखुम्बुको,१७ गते बाँके, बर्दिया,ओखलढुंगा र प्युठान जिल्लाको,१६ गते सप्तरी दैलेख,डोल्पा र उदायपुरको,१५ गते भोजपुर, संखुवासभा, मुगु, कालिकोट र हुम्लाको,१४ गते तेह्रथुम,सुनसरी,धनकुटा,अछाम र जुम्लाको,१३ गते झापा,बझाड. र डोटीको,१२ गते कैलाली, बैतडी, बाजुरा र मोरड.को,११ गते डँडेल्धुरा,कञ्चनपुर र इलामको, १० गते पाँचथर,ताप्लेजुड. र दार्चुलाको नतिजा सार्वजनिक गरिसकेको छ । आयोगले यसपटकको नतिजा एसएमएसबाट पनि हेर्न सक्ने व्यवस्था मिलाएको छ ।आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेपछि त्यसमा चित्त नबुझेकालाई पुनर्योगको मौका दिइ अन्तिम नतिजा सार्वजनिक गरेको थियो । पुनर्योगको लागि आयोगले नतिजा प्रकाशित भएको दिनले सामान्यत ७ दिनको म्याद दिने गरेको छ ।
हेर्नुहोस्,प्राथमिक तहमा लिखित परीक्षा उत्तीर्ण हुनेहरुको नामावली :
स्याङजा, कास्की, रसुवा, मकवानपुर, तनहुँ, बारा,लमजुङ, पर्सा,नवलपरासी, बागलुङ, सिन्धुली, मनाड. रौतहट, गुल्मी, पाल्पा,रामेछाप,
सर्लाही रुपन्देही,अर्घाखाँची,म्याग्दी, कपिलवस्तु,मुस्ताड.,पर्वत,सल्यान,रुकुम,झापा,बाँके,दाड.,रोल्पा,धनुषा,महोत्तरी, सुर्खेत,खोटाड.,सिराहा,जाजरकोट,सोलुखुम्बु, बर्दिया, ओखलढुंगा,प्युठान, सप्तरी,दैलेख.डोल्पा,उदयपुर,भोजपुर,संखुवासभा,मुगु,कालिकोट,हुम्ला,तेह्रथुम,सुनसरी,धनकुटा,अछाम,जुम्ला,बझाड.,डोटी,मोरड.,बाजुरा,बैतडी,कैलाली,डँडेल्धुरा,कञ्चनपुर,इलाम,पाँचथर,ताप्लेजुड.,दार्चुला
माध्यमिक शिक्षकको करार सिफारीस र निमाविको अन्तरवार्ता सम्पन्न
आयोगले माध्यमिक र निम्न माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट परीक्षा लिएका शिक्षकहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरी अन्तरवार्तासमेत लिइसकेको छ ।
यसमध्ये माध्यमिक तहको लिखित र अन्तरवार्तामा उत्तीर्ण भएका शिक्षकहरुलाई करारमा नियुक्त गर्न आयोगले आषाढ २ गते सिफारीस समेत गरिसको छ । हेर्नुहोस्, स्थायी नियुक्तिको करारमा सिफारीश भएका माध्यमिक शिक्षकहरुको नामावली :
सुदूर पश्चिमाञ्चल,मध्यपश्चिमाञ्चल,पश्चिमाञ्चल, मध्यमाञ्चल,पूर्वाञ्चाल
आयोगले आषाढ ९ गते निम्नमाध्यमिक तहको अंग्रेजी र नेपालीको ५ गते सामाजिकको पुनर्योगको नतिजा सार्वजनिक गरिसकेको छ । यस पूर्व आयोगले जेठ ३२ गते निमावि तहको नेपाली विषयको पूर्वाञ्चल,मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रको, ३१ गते सुदूर पश्च्मि र मध्यपश्चिमको नतिजा प्रकाशित गरेको थियो । पूर्वाञ्चल,मध्यमाञ्चल,पश्चिमाञ्चल ,मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका अंग्रेजी विषयको नतिजा जेठ ३१ र ३० गते प्रकाशित भएको थियो भने सामाजिक विषयको नतिजा जेठ २८ र २९ गते प्रकाशित गरिएको थियो । सबै विकास क्षेत्रका विज्ञान शिक्षकको नतिजा जेठ २७ गते प्रकाशित भएको थियो भने गणित शिक्षकको नतिजा जेठ २६ गते सार्वजनिक गरिएको थियो । आयोगले जेठ २४ र २५ मा निम्नमाध्यमिक तहको गणित विज्ञान,२४मा कम्प्युटर , स्वास्थ्य तथा शारीरिक,पेशाब्या,संस्कृत विषयको नतिजा प्रकाशित गरेको थियो ।
निमावि तर्फ लिखित परीक्षामा उत्तीर्ण भएका शिक्षकहरुको नामावली हेर्नुहोस् :
नेपाली:मध्यमाञ्चल,पूर्वाञ्चल,पश्चिमाञ्चल,सुदूर पश्चिमाञ्चल,मध्यपश्चिम
सामाजिक :पूर्वाञ्चल,मध्यमाञ्चल,पश्चिमाञ्चल,, मध्यपश्चिम, सुदूर पश्च्मि
अंग्रेजी :पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल,मध्यपश्चिम,सुदूर पश्चिम,
गणित:पूर्वाञ्चल,मध्यमाञ्चल,पश्चिमाञ्चल,मध्यपश्चिम,सुदूरपश्चिम
विज्ञान :पूर्वाञ्चल,मध्यमाञ्चल,पश्चिमाञ्चल,मध्यपश्चिम,सुदूरपश्चिम
गणित विज्ञान :पूर्वाञ्चल, मध्यमाञ्चल,पश्चिमाञ्चल ,मध्यपश्चिम,सुदूरपश्चिम,
कम्प्युटर ,स्वास्थ्य तथा शारीरिक,पेशाब्या,संस्कृत :सबै क्षेत्रको,
यस अगाडि आयोगले जेठ १६ गते मध्यमाञ्चल,पूर्वाञ्चाल र १५गते पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलको माध्यमिक तहको अंग्रेजी विषयकोअन्तिम नतिजा प्रकाशित गरेको थियो ।त्यस्तै सामाजिक विषयमा अन्तिम नतिजा जेठ १४ र १५ मा प्रकाशित भएको थियो । गणित विषयको अन्तिम नतिजा जेठ १४ मा प्रकाशित भएको थियो भने नेपाली विषयको जेठ १३ ,कार्यालय सञ्चालन र लेखाको जेठ १२ गते, अर्थशास्त्र, शिक्षा, कृषि र संस्कृत तर्फका सवै र स्वास्थ्य,जनसंख्या तथा वातावरण विषयको जेठ ११ गते अन्तिम नतिजा प्रकाशन गर्ने क्रममा आयोगले माध्यमिक तहको विज्ञान विषयको पुर्वाञ्चल क्षेत्रको अन्तिम नतिजा जेठ १२ मा प्रकाशित गरेको थियो । आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेपछि त्यसमा चित्त नबुझेकालाई पुनर्योगको मौका दिइ अन्तिम नतिजा सार्वजनिक गरेको थियो । पुनर्योगको लागि आयोगले सामान्यत ७ दिनको म्याद दिने गरेको छ ।आयोगले खुलातर्फ प्रतिस्पर्धा गरेका शिक्षकहरुको नजिता बैशाख १२ गतेदेखि प्रकाशन गर्न थालेको थियो ।


















