काठमाडौं,२८ आषाढ । बिहीवारदेखिको अविरल वर्षाका कारण आइपरेका विपदमा परी काठमाण्डूमा तीन जना सहित नेपालका विभिन्न स्थानमा कम्तीमा १७ जनाको ज्यान गएको र ८ जना बेपत्ता भएकोनेपाल प्रहरीले जनाएको छ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी पहिरोका कारण १५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार १७ जनाको ज्यान गएको छ।
नेपाल सरकार
गृह मन्त्रालय
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र
Situation Report मिति २०७६असार२८ गते अद्यावधिक समय: 2:०० बजे
मिति २०७6 असार 26 गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण भएको मानवीय क्षति र प्रतिकार्य सम्बन्धी हालसम्म प्राप्त विवरणहरु तथा वस्तुस्थिति देहाय बमोजिम रहेको छ ।
| क्र.स | जिल्ला | मृत्यु संख्या | वेपत्ता | घाईते | विस्थापित घरधुरी | विस्थापित संख्या |
| 1. | झापा | १ | 1 | |||
| 2. | ईलाम | १ | ||||
| 3. | मोरङ्ग | 1 | ४०० | १००० | ||
| 4. | सुनसरी | 1 | ||||
| 5. | सप्तरी | |||||
| 6. | सिराहा | 2 | ||||
| 7. | ओखलढुङ्गा | १ | ||||
| 8. | धनुषा | |||||
| 9. | महोत्तरी | 1 | 2 | |||
| 10. | सर्लाही | 1 | ||||
| 11. | रौतहट | १ | 5 | |||
| 12. | बारा | १ | 1665 | |||
| 13. | पर्सा | 1 | 1 | 727 | ||
| 14. | पाँचथर | 1 | ||||
| 15. | खोटाङ्ग | 3 | 1 | |||
| 16. | भोजपुर | २ | १ | |||
| 17. | धनकुटा | २ | ||||
| 18. | रामेछाप | 1 | 1 | |||
| 19. | सिन्धुली | २ | ३ | 2 | ||
| 20. | दोलखा | १ | ||||
| 21. | काभ्रेपलाञ्चोक | ३ | 2 | |||
| 22. | ललितपुर | 6 | 1 | |||
| 23. | काठमाण्डौ | 3 | 1 | १ | ||
| 24. | मकवानपुर | २ | 2 | १ | ||
| 25. | धादिङ्ग | 2 | १ | १ | ||
| जम्मा | 29 | १4 | २4 | 2065 | १727 | |
मृतकहरुको विवरण
मिति २०७6 असार 26 गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण (बाढी, पहिरो, घरभत्कीएर )हाल सम्म देहायका व्यक्तिहरुको मृत्यु भएको ।
- पर्सा – 1 जनाको मृत्यु (निखील पटेल)
- भोजपुर – २ जना मृत्यु (जनक वि.क. र जगत बहादुर राई)
- रामेछाप – 1 जनाको मृत्यु (पदम कुमारी सुनुवार)
- सिन्धुली – 2 जनाको मृत्यु (हेमकुमारी सुनुवार र कार्वन कपारी)
- काभ्रेपलान्चोक – ३ जनाको मृत्यु (गोमा दंगाल, सुहावी दंगाल, कृष्णदेवी रायमाझी)
- ललितपुर – ६ जनाको मृत्यु (सरोज जिम्वा,अविरल गोले, संन्दिप लोल्हो, सुवेश बस्नेत, सिता रानामगर, सानु मैया लोल्हो)
- काठमाण्डौ – 3 जनाको मृत्यु (सर्मिला यादव, नितु यादव र कुन्दन यादव)
- धादिङ्ग – 2 जनाको मृत्यु (अस्मिता तामाङ्ग, राज कुमार ठकुरी )
- खोटाङ्ग – 3 जनाको मृत्यु (रेखा राई, रोमन राई र रोहन राई)
- मकवानपुर – 2 जनाको मृत्यु (सन्तमाया बलामी र सानुकान्छा सुनुवार)
- बारा – १ जनाको मृत्यु (विक्कु यादव)
- ईलाम – १ जनाको मृत्यु (मानाहाङ्ग लावती )
- झापा – १ जनाको मृत्यु (ऐलिजा न्यौपाने )
- ओखलढुङ्गा १ जनाको मृत्यु (पासाङपुटी शेर्पा)
विभिन्न स्थानमा आठ जना बेपत्ता छन भने १३ जना घाइते छन्। बाढी पहिरोका कारण करिब १२ सय मानिसहरू विस्थापित भएका छन्। उद्धार र विपद् प्रतिकार्यको काम तीव्र बनाइएको अधिकारीहरूको भनाइ छ।
जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार लगभग पूरै नेपाली भूभागमा अविरल वर्षाको क्रम चलिरहेको छ। त्यो क्रम शनिवार र आइतवार पनि जारी रहने पूर्वानुमान छ।
शुक्रवार दिउँसो ४:०४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै आठ जनाको मृत्यु भएकोमा ‘गहिरो दुख’ व्यक्त गरेका छन्।
त्यसको केही बेरमा केन्द्रले काठमाण्डूको मुलपानीमा पर्खाल भत्किँदा थप तीन जनाको मृत्यु भएको बताएको छ।
भर्खरै काठमाण्डौँको मुलपानीमा पर्खाल भत्किँदा ३ जनाको निधन भएको छ।
वर्षातको बेलामा अग्ला पर्खालहरु पनि जोखिमपूर्ण् हुन्छन्।— NEOC, MoHA Nepal (@NEOCOfficial) July 12, 2019
हिजोदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी ६ जनाको ज्यान गुमेको छ भने ७ जना बेपत्ता हुनु भएको छ । बाढीले ४०० घरमा क्षति पुर्याएको छ । प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
— PMO Nepal (@PM_nepal_) July 12, 2019
दुई दिनयता देशका अधिकांश भेगमा परिरहेको वर्षाका कारण थुप्रै स्थानमा बाढी र पहिरोको जोखिम देखिएपछि खासगरी तराईका सबैजसो जिल्लालाई उच्च सतर्कतामा राखिएको अधिकारीहरूले बताएका छन्।
खोटाङ्मा दुई, मोरङ र सुनसरीमा एक-एक जना हराइरहेका छन्।
मोरङका विभिन्न ठाउँका झण्डै चार सय घरधुरीका एक हजार मानिसहरूलाई अन्यत्र सारिएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधी खनालले बीबीसीलाई बताए।
बिहीवार मुख्य रूपमा प्रदेश नम्बर १, २ र ३ का सबै चुरे क्षेत्रका खोलाहरूमा सचेत गराइएकोमा शुक्रवारबाट ठूला नदीहरूमा समेत खतराको अवस्थामा पानीको तह पुगेको बताइएको छ।
अपडेट:१
२०७६-३-२८,रातको १२ बजे
कमला नदी जलाधारमा भारी वर्षा संगै खतरा तह भन्दा ज्यादै उच्च बहाब शुरु भएको छ। सिन्धुली, सिराहा र धनुषाको तटीय क्षेत्रमा अति उच्च सावधानीको जरुरी। तटीय होचा स्थानका समुदाय सवैलाई तत्कालै शुरक्षित स्थानमा सार्नु पर्ने देखिन्छ।@NEOCOfficial @PMO_Nepal pic.twitter.com/X11pp5U3p0— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
“आवश्यक पर्दा सरकारी सहित स्थानीय तहका समुदाय तथा संघसंस्थाका सञ्जाललाई प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ,” केन्द्रका प्रमुख वेदनिधी खनालले थपे।

ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण यात्रुहरू अलपत्र परेका छन्
कहाँ बढ्यो जोखिम?
रौतहटको लालबकैयामा बाँध कटाएर बाढीभित्र छिरेको अधिकारीहरूले बताएका छन्।
यसअघि नै राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले मेची, निन्दा, विरिङ, मावा-रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरिया खोला, खाडो, माहुली, रातो, हर्दी, लगायतका साना नदीहरू आसपासमा सतर्क रहन सूचना जारी गरेको थियो।
अपडेट!
काठमाडौंमा भोली सम्मै वर्षा हुने हुनाले बाढी जोखिम उच्च छ। काठमाडौंका बागमती, विष्णुमती बल्खू खोला, नख्खू, हनुमन्ते, मोहना, धोवि खोला लगायत सवै खोलानाला र होचा भुभागमा उच्च सतर्कता अपनाऔं। https://t.co/tMXnpsAwiI— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
मेची,निन्दा,विरिङ,मावा-रतुवा,नुनखोला,लोहन्द्रा,वुढीखोला,खेसिलिया,सुनशरी खोला,त्रियुगा, वालन, खुट्टी,चुरियाखोला,खाडो,माहुली,रातो,हर्दी,लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कता भन्दा माथि बाढी आउनेगरी बर्षा भईरहेकोले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ @NEOCOfficial pic.twitter.com/4rjQyirc9W
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
ती नदीमा जलस्तर बढ्नेगरी पानी पर्ने देखिएकोले ती आसपासका स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरिएको उक्त सूचनामा भनिएको छ।
विशेष बाढी सूचना!
२७असार२०७६
बागमती नदीको तराई क्षेत्रमा बहाब खतरा माथि, बढ्दो
कमला र कन्काईमा बहाब सतर्कता तह नजिक, बढ्दो
कोसी नदीमा बहाब सतर्कता तह नजिक, बढ्दो।
प्रदेश १,२ र ३ का सवै चुरे खोलाहरुमा बहाब सतर्कता माथि र उच्च खतरा।
भोलि सम्मै कायम रहने
सवै शक्ति प्रतिकार्यमा लगाऔं pic.twitter.com/gXxPXTEWm8— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
कमला नदी-धनुषा-तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनुहुनेहरू बेलुका सम्मै सतर्क रहनुहोला बाढी पूवानुमान शाखा Mass SMS Sent@NEOCOfficial
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 12, 2019
वाग्मतीको बहावक्षेत्र अन्तर्गत रौतहट र सर्लाही जिल्लामा नदी सतह खतराको तहमा रहेको, कमला र कन्काई नदीमा बहाव सतर्कता तह नजिक पुगेको र कोशीमा त्यो सतर्क हुनुपर्ने तह नजिक देखिएको केन्द्रद्वारा जारी सूचनामा जनाइएको छ।
बिहीवार नै तिनाउ नदीमा समेत पानीको सतह खतराको अवस्थामा पुगेपछि तल्ला भेगमा अर्को दिनसम्म सतर्क रहन भनिएको थियो।
“मकवानपुरमा र खोटाङ् जिल्लामा समेत पहिरोको कारण केही घरहरूमा क्षति पुगेको बताइए पनि विस्तृत विवरण आउन बाँकी छ,” नेपाल प्रहरीका निमित्त प्रवक्ता रमेश थापाले बताए।
“देशभरबाट अहिले विवरण सङ्कलनको काम भइरहेको छ।”
यातायात प्रभावित
शुक्रवार बिहान जारी सूचनामा विपी राजमार्ग अन्तर्गत विभिन्न दुई ठाउँमा पहिरो आएपछि सडक अवरूद्ध रहेको बताइएको थियो।
सिद्धार्थ राजमार्ग अन्तर्गत समेत बुटवल-पाल्पा सडक खण्डमा सडक अवरूद्ध छ।
लमजुङ-मनाङ र भोजपुर-धरान सडकखण्ड समेत अवरूद्ध छ।
मुग्लिन-नौबिसे सडकखण्ड अन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला नजिकै लेदोले सडक पुरिएपछि सडक अवरुद्ध भएको राससले जनाएको छ।
पूर्व पश्चिम राजमार्गको रौतहटमा समेत बाटो अवरूद्ध भएकोमा तिनलाई हटाउने प्रयासहरू सुरु गरिसकिएको प्रहरीका निमित्त प्रवक्ता थापाले बताए।

हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ आउने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा शुक्रवार बिहानदेखि हेटौँडा-कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।
राससका अनुसार त्रिभुवन राजपथको बागझोरामा बिहान आएको बाढीले हेटौँडा-काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको छ।
शुक्रवार बिहान काठमाण्डू विमानस्थलमा अवतरणको क्रममा यति एयरलाइन्सको विमान चिप्लिएपछि अवतरणका क्रममा रहेका थुप्रै विमानलाई अन्यत्र पठाइएको थियो।
तराईका केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
उपत्यका सहित देशका थुप्रै शहरहरूमा पानीको भेल पसेको विवरणहरू आएका छन्।
के छ पूर्वानुमान?
शनिवारसम्म मनसुनको न्यूनचापिय रेखा पूर्व र मध्य नेपालमा देखिएकोले पर्सिसम्म निरन्तर पानी पर्ने मौसमी अवस्था देखिएको मौसमविद्हरूले जनाएका छन्।
त्यसरी सिर्जना भएको अवस्थाका कारण पानी र कतिपय अवस्थामा हावाहुरी समेत आउने देखिएको छ।

“आइतबारबाट न्यूनचापिय क्षेत्र कमजोर हुने देखिएको भए पनि दुई दिनयता लगातार पानी पर्दा माटो उच्च विन्दुमा गलेर बग्ने जोखिम छ। आइतवारपछि पनि जोखिम तत्काल कम हुने देखिँदैन,” मौसम पूर्वानुमान विभागकी मौसमविद् विभूति पोखरेलले भनिन्।
“न्यूनचापीय रेखा उत्तरतर्फ रहेकोले मनसुन नेपालमा सबैभन्दा बढी सक्रिय छ। पानी पर्ने क्रम बढी र कम भएपनि वर्षाको प्रभाव देशभर हुने देखिन्छ।”
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा शुक्रवार विशेष बुलेटिन जारी गर्दै तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो स्थानमा वर्षा हुने जनाएको राससले बताएको छ।(बीबीसीको सहयोगमा)



















