सानोठिमी(भक्तपुर),२७ । शिक्षा सेवा आयोगले शिक्षकहरुको स्थायी पदपूर्ति गर्ने क्रममा गत बर्ष खुला प्रतिस्पर्धामा सामेल भएका शिक्षकहरुमध्ये चितवन,भक्तपुर र गोरखा जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।(नतिजा हेर्न तलका जिल्लामा क्लिक गर्नुहोस् ।)
लिखित परीक्षाको नतिजामा चित्त नवुझी पुनर्योग गर्न चाहने उम्मेदवारलाई साउन २ गते कार्यालय समय
भित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु. २५०।– राजस्व दस्तुर बुझाइ प्रवेश पत्रको प्रतिलिपि सहित निवेदन दिन अनुरोध गरेको छ ।
आयोगले चितवनबाट उत्तीर्ण हुने शिक्षकहरुको शिक्षा विकास तथा समन्वय एकाई मकवानपुरमा,गोर्खा र भक्तपुरबाट उत्तीर्ण हुने शिक्षकहरुको चितवनको शिक्षा विकास तथा समन्वय एकाई कार्यालयमा अन्तरवार्ता हुने जनाएको छ । अन्तरवार्ता साउन ८ देखि १० गतेसम्म निर्धारित गरिएको छ । भक्तपुर र गोर्खाबाट पास हुने अन्तरवार्ता साउन ८ मा नै सकिने छ भने चितवनबाट उत्तीर्ण हुनेको अन्तरवार्ता साउन १० गतेसम्म चल्नेछ ।
आयोगले अन्तरवार्ताको लागि उपस्थित हुँदा व्यक्तिगत विवरण फाराम भर्दा उल्लेख गरिएका कागजातहरुको सक्कलप्रति सहित उपस्थित हुन आग्रह गरेको छ । आयोगले प्रवेशपत्र,नागरिकताको प्रमाणपत्र, अध्यापन अनुमति पत्र, शैक्षिक योग्यता र चारित्रिक प्रमाणपत्र , समावेशी र पिछडिएको क्षेत्रको समूहमा पर्ने प्रमाणपत्र,वैवाहिक सम्बन्धबाट पिछडिएको तथा आदिवासी जनजाति सुविधा उपयोग गर्न चाहनेले श्रीमानको नागरिकता र विवाहा दर्ताको प्रमाणपत्र अनिवार्य रुपमा ल्याउन पर्ने ,शिक्षक पदमा कार्यरत शिक्षकले आफू कार्यरत रहेको स्थायी,अस्थायी,करार,सट्टा,लियन,सेवा टुटेको वा पुन व्यवस्थापन वा पुन पदस्थापन भएको भए सो अनुसारका कागजात, १० महिने तालिम लिएको भए सोको प्रमाणपत्र,विदेशी संस्थाबाट शैक्षिक उपाधि लिएको भए सोको समकक्षताको प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साईजको फोटो सहित अन्तर्वार्तामा उपस्थित हुन अनुरोध गरेको छ ।


















