Prakash Adhikari July 31, 2019

काठमाडौं, १५ साउन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले पर्यटन मन्त्रालय हाक्ने सहयोगीका रुपमा युवा सांसद योगेश भट्टराईलाई दिनुभएको छ । मन्त्री नियुक्त भट्टराईले राष्टपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ ।

आफू स्वास्थ्योपचारका लागि सिंगापुर जाने तयारीमा रहनुभएका प्रधानमन्त्री ओलीले काण्डै काण्डमा जेलिएको सो मन्त्रालयलाई झण्डै ६ महिना आफूसंग राख्नुभएको थियो ।

तात्कालीन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पाथीभरा माईको दर्शन गरी फर्कने क्रममा ताप्लेजुड.को फुड.लिड. नगरपालिका १० मा भएको डाइनेष्टि एअरको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

विभागीय मन्त्रीको अभावमा पर्यटनमन्त्रालय लथालिंग भएको अवस्था विद्यमान छ । यस मन्त्रालयलाई सबैभन्दा ठूलो समस्यामा पार्ने संस्था नेपाल वायुसेवा निगम बन्दै आएको छ । निगम आर्थिक हिसाबले लगभग टाट पल्टेको छ । आफूले लिएका ऋणहरुको साँबाब्याज बुझाउन नसकेर सरकारले बुझाउन परेको छ । निगम लगायत नेपालका वायुसेवा कम्पनीहरु यूरोपेली युनियनको कालोसूचिमा परेको हुनाले निगमले यूरोपका मुलुकहरुको संयुक्त लगानीमा स्थापित एअरबसबाट किनिएका जहाजहरु युरोपमा उड्न पाएका छैनन्।

यता सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरिएको छ तर भ्रमण बर्षका लागि न नेपालमा विशेष कार्यक्रमको तयारी भएको छ न विदेशमा नै यसको बारेमा पर्याप्त प्रचार प्रसार हुन सकेको छ । युवा मन्त्री भट्टराईलाई यी बाहेक पनि चुनौतिका चाड. धेरै छन्। खास गरी हवाईमाफियाहरु चिनेर सो अनुसार व्यबहार गर्न सक्नुभएन भने उहाँको सफल युवा मन्त्री बन्ने चाहनामा तिनीहरु नै वाधक हुने देखिन्छ ।

Share Now

Leave a comment.