ब्राम्टन(क्यानडा), १८ साउन । टोरन्टोमा भैरहेको ग्लोबल टि २० लिगको दोश्रो संस्करणको १२ औं खेल तथा आफ्नो टीम टोरन्टो नेशनलको चौथो खेलमा पहिलो पटक खेल्ने मौका पाएका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले शनिवारको खेलमा १ विकेट लिएका छन् । तर उनको टोली ब्राम्पटन वुल्भ्ससंग ११ रनले पराजित हुन पुगेको छ ।
खेलमा टोरोन्टोले टस जितेर बलिंग गर्ने निर्णय गरेको थियो। इनिंगको पाँचौ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दीपको पहिलो ओभरको स्पेलमा स्कटल्याण्डका मुनसेले ३ चौका र २ छक्का प्रहार गरे । आठौ ओभरमा पुन मौका पाएका सन्दीपले यसपटक ३ रन दिएर १ विकेट लिए । तेस्रो ओभरमा उनले ७ रन दिए विकेट लिन सकेनन् ।१४ औं ओभरमा चौथो स्पेलमा आएका सन्दीपले ११ रन जोड्न दिए विकेट लिन सकेनन् । चार ओभर खेल्दा सन्दीपले ४४ रन दिएर १ विकेट लिए।

शनिवारको खेलमा टस हारेर व्याटिड.मा परेको ब्राम्टन वुल्भस्ले दिएको २ सय २३ रनको लक्ष्य सन्दीपको टीम टोरन्टो नेशनलले पूरा गर्न सकेन । वुल्भस्ले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै २ सय २२ रन बनाएको थियो ।
वुल्भस्को लागि कप्तान युवराज सिंहले ५१,बी बी क्याककुलनले ३६,एच क्लासेन ३५,आरए थोमस २४,एमजे म्याकक्लेनाघन १९, रविन्द्रपाल सिंह १६, सलमान नजर र म्याक हेनरिकले ७ /७ रन जोडे ।
![]()
टोरोन्टोलाई रोक्न वुल्भसका नबाब सिंहले २,सी परवेज,वाहक रियाज,आइएस सोधी,अब्राहम खान र साहिद अफ्रिदीले एक एक विकेट लिए ।
यस अगाडि टस हारेर ब्याटिड. गरेको वुल्भस्ले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय २२ रन जोडेको थियो ।
उसका लागि एच जी मुन्सेले ६६, बाबर ह्यातले ४८,सी मुनरोले २८,एनआर कुमारले २६,एलएमपी सिम्मोनले १९,अब्राहम खानले १५ र साहिद अफ्रिदीले ८ रन जोडेका थिए ।
बुल्भस्लाई रोक्ने क्रममा टोरोन्टोका जोय गोर्दन,सन्दीप लामिछाने, एमसी हेनरिक र युवराजसिंहले एक एक विकेट लिएका थिए ।
६ टीम सम्मिलित ग्लोबल टी २० क्यानडामा सोमपालको टीम गिनी पिग ह्वाक्स र एड्मोन्टन रोयल्सले ५ /५ खेल खेलिसकेका छन भने अन्य चार टीमले चार चार खेल खेलिसकेका छन् ।

सन्दीपसंगै ग्लोबल टी २० मा विन्निपेग ह्वाक्समा मौका पाएका नेपाली बलर सोमपाल कामीले शनिवार एड्मोन्टन रोयल्स विरुद्धको खेलमा डेब्यू गर्ने मौका पाए तर उनले कुनै विकेट लिन सकेनन् । दुई ओभर खेलेका उनले ३३ रन बनाउन दिए । आफ्नो इनिड.मा उनले १ रन जोडेर खातासम्म खोले ।
Global T20 Canada
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| BW | 4 | 4 | 0 | 8 | 3.076 |
| VK | 4 | 2 | 1 | 5 | 0.306 |
| MT | 4 | 2 | 1 | 5 | -1.917 |
| WH | 5 | 2 | 3 | 4 | -0.722 |
| TN | 4 | 1 | 3 | 2 | -0.38 |
| ER | 5 | 1 | 4 | 2 | -0.548 |


















