डेटन,ओरेगन(संयुक्त राज्य अमेरिका),१९ साउन(बीबीसी) । अमेरिकाको ओहायो राज्यको प्रहरीका अनुसार ओरेगनमा भएको बन्दुक आक्रमणमा नौ जनाको मृत्यु भएको र कम्तीमा २६ जना घाइते भएका छन्।
ओरेगनको डेटनस्थित एउटा मदिरालयबाहिर भएको उक्त घटनाबारे पहिलो विवरण स्थानीय समयानुसार १:०० बजे (नेपाली समयानुसार बिहान १०:४५ बजे) प्राप्त भएको थियो।
आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको प्रहरीले पुष्टि गरकेो छ। घटनामा हताहत भएकाहरूलाई स्थानीय अस्पलातमा लगिएको छ।
टेक्सस राज्यको एल पासोमा २० जनाको ज्यान जानेगरी बन्दुक आक्रमण भएको २४ घण्टाभित्रै ओहायो राज्यमा पनि उस्तै प्रकृतिको यो घटना भएको छ।
डेटन प्रहरीले गोली चल्न थालेको केही बेरमै सुरक्षाबल त्यहाँ पुगेर सो घटनालाई तत्कालै अन्त्य गरिएको दाबी गरेको छ।
सरकारी निकायले प्रत्यक्षदर्शीहरूलाई घटनाबारे जानकारी दिन आह्वान गरेको छ।
#OregonDistrict #update Mayor Whaley: Suspect opened fire in the Oregon District wearing body armor.
There are 10 people dead including the shooter, 26 others injured.
Officers neutralized the shooter in less than a minute.— Dayton Police Dept. (@DaytonPolice) August 4, 2019
सहायक प्रहरी प्रमुख म्याट कार्बरले गस्तीमा रहेको टोलीले आक्रमणकारीलाई निस्तेज पारेको संवाददाताहरूलाई बताए।
“यस्तो परिस्थितिका लागि हाम्रा सहकर्मीहरूले राम्रो तालिम पाएका छन्,” उनले भने,”संयोगवश हाम्रा सहकर्मीहरू नजिकै थिए।”
आक्रमणकारीबारे केही थाहा नभए पनि कार्परका अनुसार आक्रमण गर्नुको उद्देश्य पत्ता लगाउन प्रहरीले खोजिरहेको छ।
डेटनमा के भयो?
सामाजिक सञ्जालमा प्रेषित भिडिओमा दर्जनौँ गोली चलेको आवाज सुनिन्छ र मानिसहरू दौडिँदै गरेको देखिन्छ।
ई फिफ्थ स्ट्रीटस्थित नेड पेपर्स बारबाहिर गोली चलेको बताइन्छ।
सो बारले इन्स्टाग्राम पेजमा आफ्ना कर्मचारी सुरक्षित रहेको उल्लेख गरेको छ। नजिकै रहेको होल इन द वाल बारले पनि आफ्नो फेसबुक पेजमा उही बेहोराको सूचना प्रेषित गरेको छ।
जे विलीअम्जले आफूलाई नजिकै र्याप कार्यक्रममा सहभागी भएको बेला घटनाबारे सूचना दिइएको बीबीसीलाई बताए।

“म एकदमै स्तब्ध भएँ,” उनले भने,” हामी सबैले तत्कालै र सुरक्षित रूपमा ठाउँ खाली गर्यौँ। हामीलाई ओरेगनतिर नजान भनियो।”
“म मेरो गाडीमा गएँ। मैले प्रहरी र धेरै एम्बुलेन्स देखेँ। गाडीमा जाँदै गर्दा मैले अझ धेरै प्रहरी र एम्बुलेन्स देखेँ।”
घटनाबारे अनुसन्धानमा सघाउन सङ्घीय जाँच ब्यूरो एफबीआईका गुप्तचरहरू पनि घटनास्थलमा पुगेका छन्।


















