काठमाडौं, २० साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ मा संसदसमक्ष पेश गर्नुभएको आर्थिक बर्ष २०७६ ।७७ को बजेटमा उल्लेख भए बमोजिम बढाइएको तलब स्केल सरकारले आइतबार सार्वजनिक गरेको छ ।
सरकारले साउन १ देखि लागु हुने गरेर तल्लो तहका कर्मचारीको २० प्रतिशत र माथिल्लो तहका कर्मचारीको तलब १८ प्रशितले बढाएको थियो ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको तलब अनुसार मुख्यसचिवलाई ६५ हजार १४० रुपैयाँ तलब तथा दुईवटा ग्रेड सहित ६९ हजार ४ सय ८२ रुपैयाँ मासिक तलब कायम गरेको छ ।
यस्तै नेपाल सरकारका सचिवको तलब ६० हजार ६ सय ८० तथा दुईवटा ग्रेड सहित ६४ हजार ७ सय २६ रुपैयाँ तोेकेको छ ।
नेपाली सेनाका प्रधान सेनापतिको तलब ६५ हजार १सय ४० मासिक तलब तथा त्यसमा दुईवटा ग्रेड २ हजार १ सय ७१ गरेर ६९ हजार ४ सय ८२ हुन्छ ।
प्रहरी महानिरिक्षकको तलब ६० हजार ६ सय ८० र यसमा ग्रेड जोड्दा ६४ हजार ७ सय २६ रुपैयाँ हुन्छ । तलबभत्ता र ग्रेड विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् :तलब भत्ता र ग्रेड विवरण
सरकारले समायोजित प्रदेश तथा स्थानीय सरकारका कर्मचारी र श्रेणीबिहिन कर्मचारीको पनि तलबमान तोकेको छ ।
हेर्नुहोस्: मासिक तलब र भत्ता र ग्रेड विवरण


















