ब्राम्टन(क्यानडा),२४ साउन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध टोरोन्टो नेशनलले ग्लोबल टी २० क्यानडा अन्तरगतको इलिमिनेटर खेलमा अर्का नेपाली स्टार सोमपाल कामी आबद्ध ह्वाक्सद्धारा २ रनले पराजित भएको छ ।
शुक्रबार बिहान भएको खेलमा सन्दीपको टोरन्टोले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको विनिपेगले १७.१ ओभरमा ५ विकेट गुमाउदै २ सय १ रन जोडेको थियो । ठीक त्यति बेलै क्यानडाको खेल भैरहेको स्थान ब्राम्पटनमा सूर्यास्त भयो । र डीएल मेथडका आधारमा खेलको नतिजा निर्धारण गरियो ।
सो ओभरमा डिएल मेथडको स्कोर लक्ष्य १ सय ९९ रन निर्धारण भएको थियो । यसरी १७ बलबाट ३८ रन बनाउन बाँकी रहदै सोमपालको टीमले सन्दीपको टीमलाई पराजित गर्न पुग्यो ।
टस जितेर फिल्डिड. रोजेको सोमपालको विनीपेग ह्वाक्सका जेपी डुमिनीले ८४,सोहेलले ३६,इमरिटले २८,लिनले २१,शैमान अनवर र हाज्मा तारिकले ५।५ र उमार अकमलले १ रनको योगदान दिए ।
विनीपेग ह्वाक्सलाई रोक्ने क्रममा नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेले २ तथा क्रिश ग्रिन,केरोन पोलार्ड र जिरेमी गोर्डनले एकएक विकेट लिए ।
इलिमिनेटरमा सन्दीपले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।
यस अगाडि ब्राम्पटनमा भैरहेको खेलमा सन्दीपको टोरन्टोले टस हारेर ब्याटिड.को निम्तो पाएको थियो । उसले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै २ सय ३८ रन जोडेको थियो ।
टोरन्टोकोलागि हेनरिच क्यालसेनले सर्वाधिक १ सय ६ रनको अविजित योगदान दिए । त्यस्तै रोड््िरगो थोमसले ७३ रनको योगदान दिए । टोरन्टोकोलागि क्रिश सुरीले १६,केइरड. पोलार्डले १२, क्रिस ग्रिनले ९ र युवराज सिंहले ८रनको योगदान दिए ।
टोरन्टोलाई रोक्ने क्रममा अर्का नेपाली खेलाडी सोमपाल कामी आबद्ध विनीपेग ह्वाक्सका कलिम साना र मोहम्मद इफ्रानले २ । २ तथा सैमान अनवरले १ विकेट लिए ।
यस पहिले आफ्नो डेब्यूखेलमा भएको क्षमता पनि प्रदर्शन गर्न चुकेका नेपाली खेलाडी सोमपाल कामीलाई विनीपेग ह्वाक्सले महत्वपूर्ण मानिएको इलिमिनेटर खेलको अन्तिम ११ बाट बाहिर नै राखेको थियो ।
यस अगाडि भान्कुवर नाइट्स र ब्राम्टन वुल्भ्सबीच सम्पन्न पहिलो इलिमिनेटर खेलमा भान्कुवर नाइट्सले डिएल मेथडका आधारमा ७७ रनले जितेको थियो ।
अब सोमपालको विनीपेग ह्वाक्सले फाइनलको लागि भान्कुवर नाइटसंग खेल्नेछ ।