Prakash Adhikari August 9, 2019

 

काठमाडौं,२४ साउन । नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ शुक्रबार(साउन २४)देखि देशैभर प्रदर्शनमा आउने भएको छ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राईलगायतका अन्य कलाकारहरुको अभिनय छ । फिल्मलाई अभिमन्यु निरबीले लेखेका हुन् । फिल्ममा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् ।

‘साइनो’ मा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।

अभिनेत्री मिरुना फिल्मले दर्शकसँग साइनो गाँस्न सफल हुनेमा विश्वस्त हुनुहुन्छ ।

फिल्म सार्वजनिक प्रदर्शनीमा आउनु अगाडि लक्की मिडिया हाउसले सोमबार चितवनमा विशेष प्रदर्शनी आयोजना गरेको थियो । फिल्म हेरेपछि समीक्षकहरुले साइनोले नेपाली परिवेशलाई पर्दामा उतार्न सफल भएको बताएका छन् ।

‘साइनो’ हेरेपछि वरिष्ठ कलाकार नीर शाहले शुद्ध नेपालीपनको फिल्म बनेको बताउनुभएको छ । यस फिल्मबाट सम्भावना बोकेको निर्देशक र नवनायक भित्रिएको उहाँको भनाई छ । वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठले धेरैपछि मौलिक कथावस्तुको मुलधारको नेपाली फिल्म पाएको बताउनुभएको छ ।

सो प्रदर्शनी पछि वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, ‘साइनो’ निर्मात्री भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो ।

Share Now

Leave a comment.