Prakash Adhikari August 20, 2019

काठमाडौं, ३ भाद्र । नेपाल वायुसेवा निगमले भदौ १२ गते काठमाडौंबाट ओसाका पहिलो उडान गर्ने निश्चित भएको दाबी गरेको छ ।

निगमले आज गरेको पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सबै तयारी पूरा भएको १२ भदौ अर्थात अगष्ट २९ को उडान निर्धारित भएको दाबी गर्नुभयो ।

उहाँले २ सय ७४ सीट भएको वाइडबडीको जहाजमा अहिलेसम्म ९० सीटको बुकिड. भैसकेको पनि दावी गर्नुभयो ।

 

Nac

निगमले २०१६ मा स्वीकृत गरेको विजनेस प्लान र सोही बर्षको सेप्टेम्बरमा सार्वजनिक गरेको आरएफपीमा निगमका बाइडबडीका लागि ओशाकाको कान्साई,टोकियोको नारिता, अष्ट््रेलियाको सिड्नी र मेलवर्न, कोरियाको सिओलको इचोन, साउदी अरेबियाको रियाद,बेलायतको लण्डनको हेथ्रो र ग्याटविक, फ्रान्सको पेरिस, जर्मनीको फ्र्यांकफर्ट,चीनको बेइजिड. र ग्वानजाउ लगायतका गन्तब्य निर्धारित गरिएका थिए ।

गत बर्ष आषाढ र साउनमा निगमको बेडामा भित्रिएका दुवै बाइड बडीका जहाजलाई नयाँ गन्तब्य खोज्ने क्रममा जापानको ओशाका, कोरियाको सिउल, चीनको ग्वान्जाऊ र सउदी अरेबियाको रियादमा समानान्तर रुपले कारबाही चलाउदा पहिले उडान गरेर बन्द भएको ओशाका निगमको लागि सहज भएको थियो ।

निगमले नयाँ बर्षको अवसरमा जुलाई ४ बाट आरम्भ गरिने बताएको थियो । तर निगमको उच्च व्यवस्थापन निगमको जापानका प्रतिनिधिसंगको कमिशनको मोलमोलाईमा नयाँ एजेन्सी नियुक्त गर्न अग्रसर भएपछि थोरै बुकिड. भएको कारण देखाउदै उडान रोकेको थियो । निगमले ओसाकाका लागि सातामा मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका बनाएको छ ।

काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओशाका पुग्नेछ र ओशाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।

निगमले अहिले १ महिनाका लागि एकतर्फी भाडादर भने ३६ हजार ९ सय ९९ र दुईतर्फी भाडादर भने ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ ।

निगमले सन् १९९४ देखि २००७ सम्म ओसाका उडान गरेको थियो। विगतमा बोईङ ७५७ जहाजमार्फत सांघाई ट्रान्जिट राखेर उडान भरको थियो। पछि जहाज अभाव र संचालन खर्च बढेपछि उडान रोक्ने निर्णय गरेको थियो।

Share Now

Leave a comment.