काठमाडौं,५ भाद्र । सिद्धार्थ बैङ्क लिमिटेडले सर्वसाधारणको लागि १० लाख कित्ता डिबेन्चर बिक्री खुल्ला गरेको छ ।
बैङ्कले प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित गरी १० दशमलव २५ ब्याजदरको एस.बी.एल. डिबेन्चर २०८३ को बिक्री खुल्ला गरेको हो ।
बैंकले १० लाख कित्ता सर्वसाधारणको लागि र १५ लाख कित्ता ऋणपूँजी रकम परिपत्रविधिबाट बिक्री गर्ने निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
एसबीएल डिबेञ्चरमा सर्वसाधारणले न्यूनतम २५ कित्ता ऋणपत्रमा आवेदन गर्न पाउछन भने बढीमा १० लाख कित्तामा नै दरखास्त दिन पाउने छन् ।
सो मध्ये ५० हजार कित्ता शेयर सामूहिक लगनि कोषका लागि छुट्ट्याएको छ ।
बैकले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । भाद्र ५ गते बिक्री खुल्ला गरेका डिबेन्चरको ऋणपत्र निष्कासन छिटोमा भाद्र ९ गते र ढिलोमा आश्विन ६ गते बन्द हुने छ । यस ऋणपत्रको अवधि ७ बर्षको रहेको छ ।


















