पेरिस(फ्रान्स),१० भाद्र(बीबीसी) । फ्रान्समा आयोजित जी सेभन शिखर बैठकमा भाग लिन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच छुट्टै भेटघाट भयो।
भेटघाटपछि सञ्चारकर्मी अगाडि आएका दुई नेताहरू ठट्यौलो शैलीमा प्रस्तुत भए।
उनीहरूबीच के कुराकानी भयो भनेर सोधिँदा मोदीले हिन्दीमा भने, “मलाई लाग्छ हामी दुवैलाई कुरा गर्न दिनुहोस्, हामीहरू कुरा गरिहन्छौँ। जब आवश्यकता हुन्छ तब हामी अवश्य पनि तपाईँहरूलाई जानकारी गराउँछौँ।”
मोदीको यो प्रतिक्रियापछि उनीतिर सङ्केत गर्दै ट्रम्पले भने, “वास्तवमा उनी एकदम राम्रो अङ्ग्रेजी बोल्छन्… उनी खालि बोल्न चाहँदैनन्।”
#WATCH France: US President Donald Trump jokes with Prime Minister Narendra Modi during the bilateral meeting on the sidelines of #G7Summit. Trump says, "He (PM Modi) actually speaks very good English, he just doesn't want to talk" pic.twitter.com/ee66jWb1GQ
— ANI (@ANI) August 26, 2019
ट्रम्पको यस्तो टिप्पणीप्रति प्रधानमन्त्री मोदी खुलेर हाँसे। त्यसपछि उनीहरूले एकअर्कासँग हात जुधाए र मिलाए। यो क्रम केही बेर चलिरह्यो।
उनीहरूको शैली देखेर उपस्थित अन्य व्यक्ति पनि हाँसे।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पकै अगाडि कश्मीरबारे मध्यस्थता गर्ने विषयमा भारत र पाकिस्तानबीचको सबै मुद्दा द्विपक्षीय रहेको र त्यसमा कुनै तेस्रो पक्षले टाउको दुखाउनु नपर्ने बताएका थिए।
यद्यपि अघिल्लो महिना राष्ट्रपति ट्रम्पले वाशिङ्टनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको अगाडि प्रधानमन्त्री मोदीले कश्मीरको बारेमा मध्यस्थताको कुरा गरेको बताएका थिए।
भारतले त्यतिबेला कुनै पनि किसिमको प्रस्तावबारे चर्चा भएको विषय अस्वीकार गरेको थियो।
राष्ट्रपति ट्रम्पका अनुसार प्रधानमन्त्री मोदीले आफूलाई कश्मीरबारे सबै कुरा बताउँदै स्थिति नियन्त्रणमा रहेको जानकारी दिएका थिए।
भारत र पाकिस्तानले आफ्ना विषय मिलेर समाधान गर्ने भन्दै ट्रम्पले दुवै देशका प्रधानमन्त्री आफ्ना असल मित्र रहेको बताए।
ट्रम्प र मोदीको भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले भारत र पाकिस्तानको तनावसँग जोडेर प्रतिक्रिया लेखेका छन्।
#ModiG7Magic
Today at G7 Modi's "TRUMP CARD" has "CLEAN BOWLED" Imran Khan… Pakistan "ALL OUT"… pic.twitter.com/2ZRMgbV1bi— H Jadeja (@_hrjadeja) August 26, 2019
ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र भारतका प्रधानमन्त्री मोदीलाई भेट्दा खिचिएका तस्बिरको तुलना गर्दै केहीले उनको हाउभाउमै फरक रहेको भनेर राजनीतिक अर्थ निकाल्न खोजेका छन्।
Hey look at the chemistry, look at the confidence. pic.twitter.com/schbItV2ht
— Tayyab Khan Marwat (@mtkmarwat) August 26, 2019
I’m sure all types of metaphors will be drawn from Modi’s cheerful slap on Trump’s hand (wrist?) seen in the clip… https://t.co/5UCe4uNPoB
— Michael Kugelman (@MichaelKugelman) August 26, 2019


















