Prakash Adhikari August 27, 2019

कोलम्बो(श्रीलंका),१० भाद्र । अन्तिम बलको सहज क्याच गर्न सकिने बल गुमाउदा नेपाली यू १९ क्रिकेट टीम पहिलो अभ्यास खेलमा श्रीलंकाको उत्कृष्ट सिंहलेस क्लबको यू २३ संग पराजित हुन पुगेको छ ।

खेलमा नेपालले दिएको २ सय ४१ रनको लक्ष्य सिंहलेसले ४२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

लक्ष्य पछ्याउने क्रममा सिंहालिजका अभिस्काले ५२ क्रिसनले ६२ र थेभिन्दु सेनारत्नेले अविजित ४२ रन बनाए।

बलिङ्गमा नेपालका लागि पवन सर्राफले ३, कमल सिंह ऐरीले २, सूर्य तामाङ र सागर ढकालले समान १र१ विकेट लिएका थिए ।

अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक रहेको अवस्थामा कमल सिंह ऐरिले उत्कृस्ट बलिङ्ग गर्दै नेपाललाई जित दिलाउने प्रयास गरे। अन्तिम बलमा जितको लागि १ रन आवस्यक रहंदा नेपाली फिल्डरले क्याच ड्रप गर्न पुगे जसको फाइदा उठाउदै सिन्हालिजले खेल अन्तिम बलमा जित्न सफल रह्यो।

नेपालको ब्याटिंग
टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ४० रनको योगफल तयार गरेको थियो।

नेपालले राम्रो सुरुवात गर्यो। पवन सर्राफ ३० ,ऋत गौतम ३१ , लोकेश बम १ तथा कप्तान रोहित पौडेल ८ रन बनाएर आउट भए।रित गौतम र पवन सर्राफले अर्धशतकीय ओपनिङ्ग साझेदारी गरे ।

त्यस्तै सन्दिप जोराले ३३ रन बनाए । आसिफलेहरि चौहानसंग आसिफले अर्धशतकीय साझेदारी गरे र व्यक्तिगत अर्धशतक पनि पुरा गरे।आसिफले ७६ बलमा ५ चौका र ५ छक्का मदतले ८८ रन बनाए ।कुशल मल्ल ३ बलमा १ चौका र १ छक्का मदतले १० रन बनाएर आउट भए। अन्तिममा भिम शार्कीले अविजित १५ तथा हरि बहादुर चौहानले अविजित १५ रन बनाए।

सिन्हालिजको बलिङ्गमा सन्दरुवान चिन्थाका, असल कालुतुङ्गा, रसंजाना सिल्भा र थिलान प्रशनले २र२ विकेट लिए।

नेपालले श्रीलंका टुर अन्तर्गत ३ वटा अभ्यास खेल खेल्नेछ। दोश्रो अभ्यास खेल बिहिबार ( अगस्ट २९ ) नेपालले बदुरालिया क्रिकेट क्लबसंग दोश्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ। यस्तै शुक्रबार ( अगस्ट ३० ) टिमले चिला मरियन्स क्लबसंग तेश्रो अभ्यास खेल खेल्नेछ। ३ वटा अभ्यास खेल खेलेपछि टिमले सेप्टेम्बर १ र २ मा नेट र फिल्डिंग अभ्यास गर्ने तालिका रहेको छ।

एसीसी यू १९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ ।खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक श्रीलंकासँग  भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेल नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Share Now

Leave a comment.