Prakash Adhikari August 30, 2019

कोलम्बो(श्रीलंका), १३ भाद्र । १९ बर्ष मुनिको उमेर समूहको एशिया च्याम्यिनशीप खेलका लागि श्रीलंका पुगेर स्थानीय क्लबहरुसंग अभ्यास खेलमा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय टोली तेस्रो खेलमा नेपाली पराजित भएको छ।

शुक्रबार भएको तेस्रो अभ्यास खेलमा कोलम्बोको स्थानिय चिल मरियन्स क्लबले दिएको २ सय २५ रनको लक्ष्य नेपालले निर्धारित ५० ओभरको खेलमा पूरा गर्न सकेन ।

नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाउदै १ सय ३५ रनमा सीमित भयो।

नेपालका लागि आसिफ सेखले ४५, भीम सार्कीले २६, रित गौतमले २५, पवन सर्राफले १२, हरिबहादुर चौहान र कुशल मल्लले ४–४, रोहित पौडेलले २ रन जोडे भने सन्दीप जोरा र रासिद खानले खाता नै खोल्न सकेनन्

त्यसअघि कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको स्थानीय क्लब मरियन्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो।

नेपालका सुर्य तमाङ र पवन सर्राफले समान २–२ विकेट हात पारे। यस्तै सागर ढकाल, राशिद खान र कमल सिंहले समान १–१ विकेट लिए।

नेपालले एसीसी यू–१९ एसिया कपको तयारीका क्रममा खेलेको तीन अभ्यास खेलमा पहिलो खेलमा पराजित भएपनि बिहीबार भएको दोस्रो खेल शातनदार ढंगले जितेको थियो । तेस्रो खेल पनि नेपालले गुमाएको छ ।

भदौ १९ गतेबाट श्रीलंकामा सुरु हुने प्रतियोगितामा यसपटक टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तानसँगै दुई एसोसियट राष्ट्रहरु नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन्।

समूह ‘बी’ मा रहेको नेपालले समूह चरणमा टेस्ट राष्ट्रहरु श्रीलंकासंग भाद्र २० र बंगलादेशसंग २२ र अन्तिम खेलमा यूएईसंग भाद्र २४ मा प्रतिस्पर्धा गर्दैछ।

नेपाली टोलीको लक्ष्य कम्तिमा टेस्ट राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलसम्म पुग्ने रहेको छ ।

Share Now

Leave a comment.